logo

अधिवक्ता पाण्डेलाई कारावहीको माँग गर्दै मगर संघ र तामाङ घेदुङ संघले बुझायो ज्ञापन

 इसीमाना सम्वाददाता     २०८० सावन २२ गते ०४: ५३ मा प्रकाशित     579   पटक पढिएको

वीरगञ्ज । अधिवक्ता भगवती पाण्डे शितललाई कारवाही गर्नुपर्ने माग गर्दै नेपाल मगर संघ र नेपाल तामाङ घेदुङले आज देशभर जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाएका छन् ।

यहि क्रममा नेपाल मगर संघ जिल्ला समिति पर्सा र नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति पर्साले संयुक्त रुपमा आज जिल्ला प्रशासन कार्यालय पर्सामा संयुक्त ज्ञापन पत्र बुझाएका हुन् ।


नेपाल मगर संघका केन्द्रीय सल्लाहाकार कमल बहादुर पिठाकोटे मगर, जिल्ला अध्यक्ष रमेश थापा मगरको नेतृत्व र घेदुङका जिल्ला सचिव छेडुप लामाको नेतृत्वमा गएको दुवै संगठनले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् ।

 

ज्ञापनपत्रमा तामाङ र मगर समुदायलाई अपराधिकरण गर्ने गरि विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई कानून बमोजिमको कारवाही गर्नुपर्ने, शान्तिपूर्ण आन्दोलनमा आफ्नो माग राख्ने क्रममा अभियान्ताहरुलाई नियन्त्रणमा लिएर अनावश्यक बल प्रयोग गरी चरम यातना दिने प्रहरीलाई कारवाही गर्नुपर्ने र साउन ४ गते आन्दोलनमा प्रहरीको चरम यातना तथा निर्घात कुटपिटबाट घाईते भएका दर्जनौ अभियन्ताहरुलाई उपचार खर्च सहित उचित क्षतिपूर्तिको माग गरेको छ ।

ज्ञापनपत्र बुझाउन जाने टोलीमा नेपाल तामाङ घेदुङ पर्साका उपाध्यक्ष बुद्धलाल लोप्चन, महानगर अध्यक्ष मनोज लामा, ठोरी गाउँपालिका अध्यक्ष जितु तामाङ, सागर लामा, नेपाल आदिवासी जनजाति महासंघका पर्सा अध्यक्ष सोम बहादुर लामा लगायतको उपस्थिति रहेको थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.