logo

पर्सा प्रहरीमा बैकिङ र सार्वजनीक शान्ति बिरुद्धको कसुरका मुद्धाको चाप बढ्दो

 इसीमाना सम्वाददाता     २०८० सावन १९ गते ०१: २४ मा प्रकाशित     599   पटक पढिएको

बीरगंज । पर्सा प्रहरीले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरेर गत आर्थिक वर्षको प्रगती प्रतिवेदन सार्वजनीक गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजना गरिएको पत्रकार सम्मेलन गत आर्थिक वर्षमा २ हजार २ सय २ सय ७२ मुद्धा दर्ता भएकोमा १हजार ८ सय ७३ मुद्धाको अनुसन्धान पछि अभियोजन गरिएको प्रहरी उपरिक्षक कोमल शाहले बताए ।

 No description available.

उनले अनुसन्धान सकिएर अभियोजनामा भएका मुद्धाहरु प्रहरी कार्यालयको हकमा फरछ्यौट मानिने बताए । ३ सय ९६ मुद्धाको अनुसन्धान भइरहेको उनले जनाए । त्रिवर्षिय मुद्धाको संख्यात्मक बिश्लेषण गर्दा मुद्धाको संख्या बढेको देखिन्छ ।

 

मुद्धा फरछ्यौटमा भने जिल्ला प्रहरी कार्यालय पर्साको काम सन्तोषजनक रहेको बिश्लेषण गरिएको छ । प्रहरीले बारका आधारमा समेत अपराधको बिश्लेषण गरेको छ । शनिवार मंगलवार दिन अपराधको संख्या कम रहेको देखिन्छ ।

 

यि दुवैबार २ सय ८९ अपराधका घटना भएको देखिन्छ भने अरु बार अपराधका घटना ३ सय भन्दा बढी देखिएको शाहले बताए ।
गत आर्थिक वर्षमा बैकिङ कसुरका सबैभन्दा बढी ६ सय २ वटा घटना दर्ता भएका छन ।

 

त्यस्तै अभद्र ब्यवहार शान्ति सुरक्षा बिरद्धको कसुरका पनि ६ सय ७८ मुद्धा दर्ता भएका छन । यस मध्य तीन वटा मुद्धा मात्र फरछ्यौट हुन बाँकी छ । मिटर ब्यजका सम्बन्धमा ४ सय ९९ मुद्धा परेकोमा २ सय ८० मुद्धामा मिलापत्र भएको छ ।

 No description available.

गत अर्थिक वर्षमा पर्सा प्रहरीले फरार अपराधी अभियुक्त २ सय ३४ जनालाई पक्राउ गरी अदालतमा पेश गरेको छ । गत आर्थिक वर्षमा हुण्डी कारोवारीमा २२ जनालाई पक्राउ गरि उनीहरुबाट १ करोड ९३ लाख रुपैय बरामद गरेको छ ।

गत आर्थिक वर्षमा बीरगञ्ज महानगर क्षेत्रको बसपार्क एरियामा रहेका होटलहरू र रेष्टुरेण्ट लगायतका क्षेत्रहरूमा यौनजन्य क्रियाकलाप हुने गरेकोमा प्रहरीले बिषेश टोली परिचालन गरि यौनजन्य क्रियाकलाप हुने गरेको स्थानहरूमा यौनजन्य क्रियाकलापमा सलंग्न रहेका तथा उक्त क्रियाकलाप गराउने व्यक्तिहरूलाई विभिन्न समयमा पक्राउ गरी मानव वेचविखन तर्फ ४ जना, जजक उधोग तर्फ ५ जना, शरिर बन्धक तथा जजक तर्फ २ जना, सार्वजनिक शान्ति विरुद्दको कसूरमा ५६ जना गरी ६७ जनालाई पक्राउ गरी मुद्दा चलाइएको उपक्षिक शाहले जानकारी दिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.