logo

बिधुतीय प्रणालीबाट घर नक्सा दिने मधेशको पहिलो स्थानीय सरकार बन्यो बागमती नगरपालिका

 इसीमाना सम्वाददाता     २०८० सावन १४ गते ०७: ३२ मा प्रकाशित     421   पटक पढिएको

हरिवन । सर्लाहीको बागमती नगरपालिकाले घर नक्सा अब बिधुतीय प्रणालीबाट गर्ने भएको छ । विद्युतिय प्रणालीबाट नक्सा पास गर्ने बागमती नगरपालिका मधेशको पहिलो नगरपालिका हो ।

 

मधेश प्रदेशका अधिकांश स्थानीय निकायहरु आन्तरिक विवाद कारण अत्यन्त जर्जर बनिरहेको समयमा बागमती नगरपालिकाले विद्युतीय नक्सा पास प्रणाली सुरु गरेको हो ।


सर्लाही जिल्लाका २० स्थानीय तहहरुका साथै मधेश प्रदेशका एक सय ३६ स्थानीय तहहरु मध्य सबै भन्दा पहिला बागमती नगरपालिकाले विद्युतीय नक्सा पास प्रणाली सुरु गरेको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए ।

 

उनले नगरपालिकाले दिने सबैखाले सेवा नागरिकले बिना कुनै सास्ती पाउन भन्ने उद्धेश्यल विद्युतीय नक्सा पास प्रणाली सुरु गरेको बताए ।

जनप्रतिनिधिहरु संघियताको मर्म र भावना अनुरुप चल्न नसकेको कारण जनताको घर दैलोमा आईपुगेको भनिएको सिंहदरवार झनै आकासको फल जस्तो नबनोस् र हरेक नागरिकहरुले सहज रुपमा स्थानीय तहबाट पाउने सेवा सुविधा पाउन भनेर विद्युतीय नक्सा पास प्रणाली सुरु गरिएको नगर उप प्रमुख लिला कुमारी मोक्तानले बताईन् ।

 

उनका अनुसार बागमती नगरपालिकाले विकास र समृद्धिको नारा मात्र हैन,योजना नै लिएर निरन्तर अघी बढिरहेको छ।नगरको दिगो विकास र समृद्धिको महत्वपुर्ण योजना साकार पार्ने कार्यमा नगरका सबै जनप्रतिनिधिहरुको अथक साथ सहयोग र प्रयास रहेको छ ।

 

ठुला बजार तथा उद्योग कल कारखाना नरहेको यस नगरले जनप्रतिनिधि पाएयता गरेको विकास प्रदेशकै नमुना मात्र नभई निकै लोभलाग्दो उदाहरण बनेको स्थानीय जानकार दिपक रानाभाटले बताए । उनका अनुसार बागमती नगरपालिकाका जनप्रतिनिधिहरुको आखाँमा केही बर्ष पछिकोे बागमती नगरपालिकाको स्वरुप अत्यन्त सुन्दर,समृद्ध र सु व्यवस्थित छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.