logo

महासंघको अक्षयकोषमा महानगरले दियो दश लाख , सर्राफकी छोरीको भरणपोणकालागि पाँचलाख

 इसीमाना सम्वाददाता     २०८० सावन ५ गते ०६: ०६ मा प्रकाशित     418   पटक पढिएको

वीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्सा जिल्ला कार्यसमितिका पूर्व सदस्य स्वर्गीय नरेश सर्राफको स्मृतिमा स्थापना गरिएको अक्षय कोषमा बवीरगंज महानगरपालिकाले १० लाख रुपैया उपलब्ध गराएको छ । सर्राफको स्मृतिमा नेपाल पत्रकार महासंघ पर्सा शाखाले अक्षय कोष स्थापना गरेको छ ।

शुक्रवार वीरगंज महानगरपालिकाले उपलब्ध गराएको रकम पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य प्रदीप यादव र मेयर राजेशमान सिंहले संयुक्तरुपमा नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीलाई प्रदान गरेका हुन ।


शुक्रबारनै वीरगञ्ज महानगरपालिकाले स्वर्गीय पत्रकार सर्राफकी छोरी श्रेया सर्राफको अध्ययन र भरणपोषणका लागि नगद ५ लाख रुपैया प्रदान गरेको छ ।

 

सर्राफको गत मंसिर १५ गते हृदयतघात कारण निधन भएको थियो ।सर्राफको निधन भएको १० औँ दिनको पुण्य तिथिमा गत मंसिर २५ गते आयोजित श्रद्धाञ्जली सभामा मेयर राजेशमान सिंहले गरेको घोषणा अनुसार शुक्रबार सर्राफकी छोरी श्रेयालाई ५ लाख रुपैयाँ र अक्षय कोषमा १० लाख रुपैयाँ प्रदान गरिएको हो ।

स्वर्गीय सर्राफको स्मृतिमा स्थापना गरिएको अक्षय कोषमा अहिलेसम्म रेडियो वीरगञ्जले १ लाख रुपैया, समाजवादी प्रेस संगठन पर्साले १ लाख रुपैया , प्रतिनिधीसभा सदस्य यादवले १ लाख रुपैया ,राष्ट्रिय भूमी आयोग पर्साका अध्यक्ष एवं जसपाका जिल्ला सचिव तबरेज अहमदले ५० हजार रुपैयाँ , नेपाल प्रेस युनियनका केन्द्रिय सचिव अशोक तिवारीले नगद २१ हजार र पत्रकार महासंघका पूर्व मध्यमान्चल संयोजक महेश दासले नगद १० हजार रुपैया प्रदान गरेका छन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

पर्सामा तिहार र छठका लागि कडा सुरक्षा व्यवस्था, पटका र जुवातासमा पूर्ण निषेध ,देउसी राती ९ बजेसम्म मात्र

वीरगन्ज । नेपालीहरूको महान् पर्व तिहार (दीपावली) र छठ पर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति–सुरक्षा सुनिश्चित गर्न कडा सुरक्षा मापदण्ड जारी गरेको छ।

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.