logo

बिन्दवासीनीमा आँखा शिविर सम्पन्न, ३४ जनामा मोतिबिन्दुको समस्या

 इसीमाना सम्वाददाता     २०८० असार ३० गते ०९: २३ मा प्रकाशित     380   पटक पढिएको

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर १९ विन्दवासिनीमा आज निःशुल्क आँखा शिविरको आयोजना गरिएको छ ।

 

समुदाय प्रहरी साझेदारी अन्तर्गत वीरगन्ज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग तथा रुंगटा वेलफेयर सोसाईटीको आयोजनामा सम्पन्न निःशुल्क आँखा शिविरमा २ सय ९ जनाको आँखा परीक्षण गरिएको थियो ।

 

आँखा परीक्षण गरिएका मध्य ३४ जनामा मोतियाबिन्दुको समस्या देखा परेको वीरगन्ज सामुदायिक आँखा अस्पतालका मेडिकल संयोजक महेशसिंह धामीले जानकारी दिए ।

 

मोतियाबिन्दुको समस्या भएकाहरुको वीरगन्ज सामुदायिक आँखा अस्पतालमा शल्यक्रिया गरिने उनले बताए । आँखा शिविरमा नैन यादव नेतृत्वको दृष्टिप्राविधिकहरुको टोलीले आँखा परीक्षण गरेका थिए ।

 

कार्यक्रममा महानगरको वडा नम्बर १९ का वडा अध्यक्ष मूकेश चौरसिया, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक मणिराम थापा, इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन केसी लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.