logo

वीरगंजमा आदीकवीको प्रतिमा अनावरण, कविता वाचन र कृति पुरस्कारद्वारा बिमल र खरेल पुरस्कृत

 इसीमाना सम्वाददाता     २०८० असार २९ गते ०९: ४६ मा प्रकाशित     396   पटक पढिएको

वीरगञ्ज । आदीकवी भानुभक्त आचार्यको २ सय १० औ जन्मदिवसको अवसर पारेर वीरगंजको भानुचोकमा उनको अर्धकदको प्रतिमा अनावरण गरिएको छ ।


प्रतिमाको शुक्रवार बिहान एक समारोहवीच साहित्यकार भवानी क्षेत्री र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले संयुक्त रूपमा अनावरण गरेका हुन् ।


वीरगञ्ज महानगरपालिकाले स्थापना गरेको मूर्तिको भानु जयन्तीको अवसर पारेर नै अनावरण गरिएको हो । भानुचोकमा आदीकवीको प्रतिमा थियो । तर बिभन्न चरणमा भएका अधिकारका आन्दोलनका क्रममा प्रतिमा हटाइएको थियो ।

 

भानु जयन्तीकै अवसरमा शुक्रवार वीरगञ्जमा नारायणी वाङ्मय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजले कविता वाचन प्रतियोगिता र पुरस्कार वितरण गरेको छ । वीरगंजको होटेल मकालुमा आयोजना गरेको प्रतियोगितामा जिएचपी माविका मिशनराज गौतम प्रथम भएका थिए ।

 

प्रतियोगितामा जिएचपी माविकै बिजय गुप्ता र सिद्धार्थ यन्टरनेशनलका राहुल सहनी द्वितिय र तृतिय भएका थिए । उनीहरुलाई क्रार्यक्रममा पुरस्कृत गरिएको थियो ।

 

बसपार्कमा भानुको मूर्ति अनावरण र माल्यार्पण गरेपछि प्रभात फेरी सहित होटेल मकालुमा पुगेर औपचारिक कार्यक्रम भएको हो । नारायणी बाङमयका अध्यक्ष डा.बिश्वम्भर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा यस वर्ष नारायणी बाङमय कृति पुरस्कार जीन्दगीदेखी जीन्दगी सम्म निवन्ध संग्रहका स्रष्टा मकवानपुरको हेटौडाका देवराज खरेललाई ०७८ र सतवरिया टोल कथा संग्रहका संर्जक जनकपुरका राजेन्द्र बिमललाई ०७९ को प्रदान गरिएको थियो ।

No description available.
कार्यक्रममा साहित्यकार भवानी क्षेत्री मधेश बिश्व बिद्यालयका उपकुलपती डा.दीपक शाक्य, राजेन्द्र कोइराला लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कोइरालाले नारयणी बाङमयलाई छोरा स्पन्दन कोइराला र छोरी स्मृति कोइरालाको तर्फबाट २५ हजार सहयोग उपलब्ध गराउने घोषणा गरेका थिए ।

 

उनले यो सहयोग निरन्तर गर्ने जनाए । कार्यक्रममा साहित्यकार गीता भण्डारी, भवानी क्षेत्री, दीपक खनाल देवराज खरेल आफना कविता पनि बाचान गरेका थिए । कार्यक्रममा सर्व राष्ट्रिय दैनीकको ९ औं वर्ष प्रवेशका क्रममा दैनीकको प्रष्गतीकोलागि शुभकामना ब्यक्त गरिएको थियो । दैनीक पत्रिकाका सम्पादक प्रकाशक महेशचन्द्र गौतमले पत्रिकाको सफलताकोलागि कामना गर्ने सबैमा धन्यवाद ज्ञापन गरेका थिए ।

 

सो अवसरमा सहभागी सबैलाई केक खुवाइएको थियो । कार्यक्रममा स्वागत मन्तब्य महेशचन्द्र गौतमले ब्यक्त गरेका थिए भने कार्यक्रमको संचालन मायामितुले गरेकी थिइन । कार्यक्रममा पशुपतीबिक्रम शाह, उषा शाह , मधु राणा, बरिष्ठ पत्रकार जगदीश शर्मा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामछिाने पर्सा शाखाका उपाध्यक्ष युवराज खड्का लगायतको सहभागिता रहेको थियो ।

 

कार्यक्रममा उपप्राध्यापक उमा मिश्रले आदीकवि भानुभक्त आचार्यको सृजना उनको ब्यक्तित्व सृजनाको प्रभाव नेपाली भाषाको बिकास र राष्ट्रिय एकतालागि पुगेको योगदानको बारेमा बिस्तारमा चर्चा गरेकी थिइन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.