logo

युरीया मलको कालो बजारी गर्ने बहुदरमाईका साह पक्राउ

 इसीमाना सम्वाददाता     २०८० असार २२ गते ०७: ०५ मा प्रकाशित     266   पटक पढिएको

वीरगंज । नेपाली किसानलाई राहत स्वरुप बितरण गर्न दिएको साल्ट ट्रेडिङ कार्पोरेशन लिमिटेडको ५० केजीको खेती शक्ति युरिया मलको कालो बजारी गरेको आरोप प्रहरीले एक जालाई पक्राउ गरेको छ ।

 


पक्राउ पर्नेमा पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नं –का २८ वर्षिय दिपेश कुमार साह रेहका छन । उनले वीरगंज महानगरपालिका वडा नं –२१ को हनुमान मन्दीरको छेउमा रहेको बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं ३ – बस्ने सुरेन्द्र प्रसाद यादवको घरमा सटर भाडामा लिइ रासायनिक मल गोदाम संचालन गर्दै आएका थिए ।

 

साहले नेपाली मललाई भारतीय युरिया मलको ४५ केजीको बोरमा पल्टी गरि नेपाली किसानलाई बेच्दै ठग्दै आइरहेको सूचनाका आधारमा प्रहरीले गोदाममै छापा मारेर साहलाई पक्राउ गरेको हो ।


वडा प्रहरी कार्यालय श्रीपुर तथा प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरी टोलीले गोदाम कोठाको कानूनी रीतपुर्‍याई खानतलासी गरेको थियो ।

 

गोदामबाट साल्ट ट्रेडिङ कार्पेरेशन लिमिटेडको खेती शक्ति युरीया मल ५० के.जी.को ४५ बोरा,भारतीय जन उर्वरक परियोजनाको युरीया मल ४५ के.जी.को १५ बोरा,एउटा मोटरसाइकल,शक्ति युरीया मल ५० के.जी.को खाली बोरा ३२ थान र भारतीय जन उर्वरक परियोजनाको युरीया मल ४५ के.जी.को खाली १६ थान बराममद भएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपक गिरीले जानकारी दिए ।

 

साहलाई जिल्ला प्शासन कार्यालय पर्साबाट १० दिनको म्याद थप गरि न्यायीक हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.