logo

अनलाईनबाट सट्टावाजी गरिरहेका एक भारतीय सहित तीन नेपाली पक्राउ

 इसीमाना सम्वाददाता     २०८० जेठ ११ गते ०७: ५५ मा प्रकाशित     707   पटक पढिएको

वीरगंज । सट्टावाजी गरेको आरोपमा प्रहरीले भारतीयसहित ४ जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नं. ४ निवासी ३१ बर्षिय सरोज साह, सर्लाहीको रामनगर गाउँपालिका वडा नं–६ निवासी ३५ बर्षिय सन्तोष कुमार यादव, पर्साको वीरगंज महानगरपालिका वडा नं–२४ निवासी ३४ बर्षिय धुरेन्द्र प्रसाद यादव र भारतको उत्तर प्रदेश गोरखपुर देवरिया निवासी ५२ बर्षिय मुन्ना भन्ने धर्मनाथ प्रसाद जैसवाल रहेका छन ।


विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं–१५ मा रहेको संजय श्रीवास्तवको घरबाट पक्राउ गरेको हो ।

 

अनलाइन मार्फत आइपिएल २०२३ को जुवारसट्टावाजी गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई त्रफाउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

 


श्रीवास्तवको तिन तल्ले पकी घरको माथिल्लो तल्लाको उत्तर पट्टीको कोठामा अनलाइन मार्फत सट्टाबाजी गरिरहेको अवस्थामा बुधबार विहान ११.४५ बजेको समयमा चारै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

प्रहरी टोलीले उक्त घरको कानूनी रीत पुर्‍याई खानतलासी गर्दा पक्राउ परेकाहरुले संचालन गरेको सट्टाबाजीमा प्रयोग भएको विभिन्न प्रकारका मोबाईल, ल्यापटप तथा नेपाली नगद .३ लाख ९० हजार ५ सय, भारतीय नगद १५ हजार ७ सय ७५ र खेलको लाइभ हेर्न प्रयोग भएको आइडिया कम्पनीको ३२ इन्चको एलईडि टिभि समेत फेला परेको प्रवक्ता गिरीले वताए ।

 

पक्राउ परेकाहरु विरुद्द अनलाइन सट्टाबाजी सम्बन्धी कसूरमा बिहिबार जिल्ला प्रशासन कार्यालय पर्साबाट म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको उनले जानकारी गराए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

महाकवि देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ ।  नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती सोमवार स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

पर्सामा तिहार र छठका लागि कडा सुरक्षा व्यवस्था, पटका र जुवातासमा पूर्ण निषेध ,देउसी राती ९ बजेसम्म मात्र

वीरगन्ज । नेपालीहरूको महान् पर्व तिहार (दीपावली) र छठ पर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति–सुरक्षा सुनिश्चित गर्न कडा सुरक्षा मापदण्ड जारी गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.