logo

वीरगंज पब्लिक कलेजको दोश्रो दिक्षान्त समारोह सम्पन्न,सपना पुरा गर्न अग्रसर हुन डा.रिजालको सुझाव

 इसीमाना सम्वाददाता     २०८० जेठ ६ गते ०९: ०७ मा प्रकाशित     427   पटक पढिएको

वीरगंज । वीीरगंज पब्लिक कलेजमा विभिन्न तहमा अध्ययन पूरा गरेका विद्यार्थीहरुको दिक्षान्त समारोह सम्पन्न भएको छ । कलेजमा अध्ययन पूरा गरेका १ सय ६१ जना विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता तथा पूर्व रक्षामन्त्री डा. मिनेन्द्र रिजालले शपथ गराएर दिक्षित गरेका थिए ।

 


दिक्षान्त समारोहमा दिक्षित हुने विद्यार्थीहरुलाई रिजालले स्नातक गरेकाहरुले सहि र गलत छुट्रयाउन सक्ने बताए । रिजालले आफू अरुलाई पनि प्रश्न सोध्न सक्ने भएकोले समाज राष्ट्रको हितमा प्रश्नको उठान गर्न सुझाव दिए ।

 

उनले शिक्षा प्राप्त गरेर दक्षता हासिल गरेका युवाहरुले आफनो सपना पुरा गर्नकालागि आफनो कदम अगाडि बढानउनु पर्ने बताए ।

त्यसैगरी कलेजको सस्थापक निर्देशक प्राध्यापक डा.दीपक शाक्यले दीक्षीत भएका बिद्यार्थीहरु यो देशका असल र सक्षम नागरिकको रुपमा दर्ज भएको बताए ।

 

शिक्षीत र असल नागरिकले समाज र राष्ट्रलाई प्रगतीको पथमा लैजान नेतृत्व गर्छ डा शाक्यले भने“यो कलेज र समाजले तपाईहरुबाट यही अपेक्षा गरेको छ” । उनले सबैलाई बधाई दिदै दिक्षान्तको मर्यादा सधैं पालना गर्न , दिक्षित ज्ञानलाई सधैं सहि रुपले पालना गर्न र असल नागरिक बन्न सुझाव दिए ।


वीरगंज पब्लिक कलेजका सस्थापक निर्देशक प्रोफेसर डा. दिपक शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशसभा सदस्य श्याम पटेल, मध्यमान्चल बिश्वबिद्यालयका पुर्व उपकुलपति प्रा. डा. उपेन्द्र कोईराला , पन्कचन्या ग्रुपका अध्यक्ष प्रदिप श्रेष्ठ , बित्तिय क्षेत्रका सिईओ किशोर महर्जन ,, नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी,पूर्व अध्यक्ष गणेश लाठ, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल , अशोक बैध , नागेन्द्र चौधरी , नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान , संकल्प शाक्य , बासुदेव कर्ण , मधु राणा लगायतको उपस्थिति रहेको थियो । स्वागत मन्तव्य कलेजका प्रमुख डा. बिनय श्रेष्ठले र कार्यक्रमको सन्चालन सहायक क्याम्पस प्रमुख अरविन्द श्रेष्ठले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

महाकवि देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ ।  नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती सोमवार स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

पर्सामा तिहार र छठका लागि कडा सुरक्षा व्यवस्था, पटका र जुवातासमा पूर्ण निषेध ,देउसी राती ९ बजेसम्म मात्र

वीरगन्ज । नेपालीहरूको महान् पर्व तिहार (दीपावली) र छठ पर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति–सुरक्षा सुनिश्चित गर्न कडा सुरक्षा मापदण्ड जारी गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.