काठमाडौं, । बाल यौन दुरूपयोग मुद्दामा पक्राउ परेका कृषि विज्ञ मदन राईलाई ७ दिन हिरासतमा राख्न जिल्ला अदालत खोटाङले प्रहरीलाई अनुमति दिएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक बेनुकुमार कार्कीले जिल्ला अदालत खोटाङले राईमाथि अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अनुमति दिएको जानकारी दिएका हुन् ।
गत शुक्रबार शुभम् फाउन्डेसनबाटै राईलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
शुभम् फाउन्डेसनले खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको जनजागृति माध्यमिक विद्यालयमा ‘गर्दै, सिक्दै’ कार्यक्रम लागू गरेको छ । राईमाथि विद्यालयमा अध्ययनरत छात्रामाथि बाल यौन दुरुपयोग गरेको आरोप छ ।
तपाईको प्रतिक्रिया