logo

नेपाली नक्कली नोट सहित दुई जना पक्राउ, नोट ओसार्न भारतीय गाडीको प्रयोग

 इसीमाना सम्वाददाता     २०८० बैशाख २२ गते ०९: २४ मा प्रकाशित     205   पटक पढिएको

वीरगञ्ज । नक्कली नोट सहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको गौडाता नगरपालिका वडा नम्बर १२ मधुवनी निवासी ३४ वर्षीय आनन्द वर्दन सिंह र बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ निवासी ३६ वर्षीय ओमप्रकाश साह रहेका छन् ।


उनीहरुलाई प्रहरीले बुधबार दिउँसो उनीहरुलाई वीरगञ्ज महानगरपालिकाको वडा–१६ स्थित चालिसफिट्टे सडकखण्डबाट स्कारपियो गाडीसहित पक्राउ गरेको थियो।


उनीहरुको साथबाट साथबाट प्रहरीले १ हजार रुपैयाँ दरको ४ सय ८६ थान गरी चार लाख ८६ हजार रुपैयाँको नक्कली नेपाली नोट र १ हजार रुपैयाँ दरकै २ सय थान गरी दुई लाख रुपैयाँको सक्कली नेपाली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी निर्मल बुढाथोकीले जानकारी दिए ।

 

पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीकाअनुसार केही व्यक्ति नक्कली नेपाली नोटसहित भारतबाट नेपाल प्रवेश गरिरहेको विशेष सूचनाको आधारमा प्रहरी परिचालन गरिएको थियो। सोही क्रममा भारत तर्फबाट वीआर ०१ पीजी ६५७७ नम्बरको भारतीय नम्बर प्लेट भएको स्कर्पियो गाडीलाई रोकेर चेकजाँच गर्दा नक्कली र सक्कली नोट बरामद भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.