logo

भरपेट भोजनालय पूनः संचालनमा आउने

 इसीमाना सम्वाददाता     २०८० बैशाख २२ गते ०९: १५ मा प्रकाशित     177   पटक पढिएको

वीरगञ्ज । सानो पाइलाका संचार प्रमुख बिवेक कर्णले “भरपेट भोजनालय ”पुनः संचालनमा आउने बताएका छन । ०७८ साउन २१ गते बाट वीरगंजको मूर्लीमा भरपेट भोजनालय संचालनमा आएको थियो ।

 

प्रति छाक ५० रुपैयामा खाना उपलब्ध गराउदै आएको भोजनालय १७ महिना संचालन भएपछि बन्द भएको थियो । बन्द रहेको भोजनालय संचालनमा ल्याउने जानकारी सानो पाइलाले पत्रकार सम्मेलनको आयोजना गरि दिएको हो ।

भोजनालयले १७ महिनाको अवधिमा १ लाख भन्दा बढि मानिसहरुलाई ५० रुपैयामा खाना उपललब्ध गराएको कर्णको भनाई छ । करिब १७ महिनाको भोजनालयबाट भोजनालयवाट १ लाख मानिसहरुले लाभ उठाएका थिए ।

 

सो अवधिमा भरपेट भोजनालयले ४९ लाख ५५ हजार ३ सय ९१ रुपैँया आम्दनी गरेको थियो । भने ७८ लाख ३० हजार १ सय १५ रुपैँयाको खर्च भएको कर्णले बताए ।


भोजनालयले गरिब मजदुर, विद्यार्थीलाई ५० रूपैँयामै पोषणयुक्त खाना खुवाउदै आएको थियो ।


यसरी घाटा व्योहोर्दै सञ्चालित सो भोजनालयमा समुदायबाट कुनै पनि सहयोग प्राप्त नभएको भरपेट भोजनालयका सञ्चालक भाजु राउत कुर्मीले बताए ।

सञ्चालक कुर्मीले समाजमा रहेका व्यापारी, बैकंर्स, उद्योगी एवम् सामाजिक अभिायान्ता लगायतसँग मिलेर भोजनालय सञ्चालन गर्ने सहमति भएकोमा कसैले साथ नदिदाँ भोजनालय बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको जानकारी दिए ।भरपेट भोजनालयमा पहिले १ सय ५० देखि २ यसको हाराहारीमा मानिसहरुले सेवा लिईरहेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.