logo

देशको अस्तित्वकालागि सामाजिक सदभाव सहितको राष्ट्रिय एकता आवश्यकः एमाले उपाध्यक्ष पोख्रेल

 इसीमाना सम्वाददाता     २०८० बैशाख १६ गते ०५: ०५ मा प्रकाशित     569   पटक पढिएको

वीरगञ्ज । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले सामाजिक सदभावले मात्रै राष्ट्रिय एकता बलियो हुने बताएका छन ।

 

अम्बिका ममता स्मृति प्रतिष्ठानले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उहाँले दुई ठूला जनसंख्या भएको देशकोबीचमा रहेको नेपालमा बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक समुदायहरुको बसोबास रहेकोले एक अर्काप्रतिको सामाजिक सदभावले मात्रै राष्ट्रिय एकता मजबुद हुने बताएका हुन ।

No description available.

प्रतिष्ठानले शिक्षाको क्षेत्रमा अतुलनीय योगदान गरेका चार ब्यक्तिलाई कार्यक्रममा सम्मान सहित पुरस्कृत गरेको थियो । कार्यक्रममा जीवबच्छ मिश्र, मूना बदन राजभण्डारी, रामनारायण कुर्मी र उर्मिला लामालाई नगद, सम्मापत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

No description available.
व्यावसायिक केन्द्रको रुपमा विस्तार गरिएको सभ्यता, संस्कृति जीवनसँग जोडिएको वीरगन्जमा शिक्षामा योगदान गर्ने शिक्षकहरुलाई सम्मान गर्नु प्रशंसनीय रहेको बताए । उनले नेपालको संविधानमा शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा लेखिएपनि अहिले शिक्षा र स्वास्थ्य नागरिकको पहुँचमा पु¥याउने चुनौती देखिएको बताए ।


देशलाई आर्थिक विकास गर्नका लागि सामाजिक सदभाव आवश्यक रहेको औल्याउदै पूर्व उपप्रधानमंत्री समेत रहेका पोख्रेलले हिजो मधेशमा अनेक अनेक खालका विग्रह निम्त्याउने गतिविधि भए त्यसले नोक्सान धेरै भएको बताए ।

No description available.

अमेरिकलाई आप्रवासीहरुको देश भनिए झौ नेपाल पनि अल्पसंख्यकहरुको देश रहेको उल्लेख गर्दै उनले संसारको सबैभन्दा ठूलो जनसंख्या भएको देश भारतसँगको खुला सीमाना र प्राकृतिक रुपमा हिमालको सीमा भएको दोश्रो ठूलो जनसंख्या भएको चीनको बीचमा रहेको नेपालमा सामाजिक सदभाव सहितको राष्ट्रिय एकताले मात्रै देशको अस्तित्व रहन सक्ने बताए ।

कुनै फौजी ताकतको बलमा बाँच्न नसकिने तर्क गर्दै उनले देशको अस्तित्व कायम राख्ने हो भने सामाजिक सदभाव कायम राख्नु पर्नेमा जोड दिए ।

No description available.

हामी बच्नको लागि सुरक्षित हुनका लागि सामाजिक सदभाव हाम्रा लागि निर्णायक क्षमता भएको हो भन्दै एमालेका बरिष्ठ उपाध्यक्ष पोख्रेलले कहिलेकाही सामाजिक सदभाव खल्बल्याउने तत्वहरु सक्रिय भईराख्ने सिलसिला देखिने गरेकोले यस्ता तत्वहरुलाई परास्त गर्न सकिएमा मात्रै सामाजिक सदभाव कायम रही राष्ट्रिय एकता कायम रहने बताए । सबैजाति, भाषा, भेषभूषा, धर्म संस्कृति र पहिचानले नै हाम्रो भाग्य र भविष्यको फैसला गर्ने उल्लेख गरे ।

No description available.
सम्मानित सबैलाई प्रमुख अतिथि इश्वर पोखरेलले सम्मान गरेका हुन । कार्यक्रममा राष्ट्रिय योजना आयोगकी पूर्व सदस्य सलोनी सिंह प्रधान, प्रतिनिधिसभा सदस्य प्रभु हजरा, वीरगन्ज महानगरपालिकाका प्रथम नगर प्रमुख विजय कुमार सरावगी, नेकप एमाले पर्साका संयोजक विश्वम्भर शर्मा लगायतको उपस्थिति रहेको थियो । मलिका चित्रकारको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष अरविद सिंहले स्वागत पत्रकार के.सी लामिछानेले संचालन गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.