logo

तालीमबाट प्राप्त सीपलाई उपयोग गरि आत्मर्भिर बन्न महानगर उपप्रमुख आलमको आग्रह

 इसीमाना सम्वाददाता     २०८० बैशाख १३ गते ०८: ५४ मा प्रकाशित     537   पटक पढिएको

वीरगंज । वीरगंज महानगरपालिका वार्ड नं १ मा ७ दिने व्यवसायिक साबुन बनाउने तालिम सम्पन्न भएको छ।

गरिबी निवारण का लागि लघु उधम कार्यक्रम अन्तर्गत नेपाल सरकार उधोग बाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक तथा प्राविधिक सहयोगमा र वीरगंज महानगरपालिकाको आयोजनामा भएको ७ दिने व्यवसायिक सावुन बनाउने तालिममा २६ जनाको सहभागिता रहेको थियो।

७ दिने व्यवसायिक सावुन बनाउने तालिम लाइ समापन गर्दै वीरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमले सिकेको सिपलाइ व्यवसायिक रुपमा उपयोग गर्न आग्रह गरे ।

 

उनले तालिमबाट प्राप्त सीपको आधारमा आत्मनिर्भर बन्न सजिलो हुने बताए । उनले आत्मनिर्भरताले गरिवी निवारणमा योगदान पुर्याउने बताए ।

उप प्रमुख आलमले तालिममा सहभागी २६ जनालाइ प्रमाण पत्र प्रदान गरेका थिए । ७ दिने व्यवसायिक सावुन बनाउने तालिम समापन कार्यक्रम वीरगंज महानगरपालिका वडा नं १ का दलित वडा सदस्य राधिका देवीको अध्यक्षतामा सम्पन्न भएको हो ।

 

कार्यक्रममा महानगरपालिकाको आर्थिक बिकास महाशाखाका प्रमुख प्रतिज्ञा बैध,वडा सदस्य रम्भावती देवी, महानगरको आर्थिक बिकास महाशाखाका कर्मचारी बिपना बख्रेल,आशिश कुमार यादव,उद्यम विकास सहजकर्ता सुशिला भण्डारी लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

वीरगंज महानगरको वडा नं १४ नयाँबस्तीमा टोल सुधार समितिको भेला सम्पन्न अध्यक्षमा झा सर्वसम्मत

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं १४ को नयाँबस्ती पिप्रामा रहेको टोल सुधार समितिको आइतवार सम्पन्न सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।

बयलगाडाले किचेर घाइते बरहथवाका ८ वर्षिय बालकको मृत्यु

सर्लाही ।  सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका क्रममा मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.