logo

सुरक्षित बैदेशिक रोजगार सम्बन्धी प्रहरीसँग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

 इसीमाना सम्वाददाता     २०८० बैशाख १३ गते ०८: ४५ मा प्रकाशित     402   पटक पढिएको

वीरगंज । सुरक्षित बैदेशिक रोजगार सम्बन्धी प्रहरीसँग १ दिने अन्तरक्रिया कार्यक्रम बुधबार वीरगंजमा सम्पन्न भएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत अगुवाई, प्रदेश सरकारको समन्वय, इलम हेल्भेटास नेपालको प्राविधिक सहयोग, स्थानीय सरकारको नेतृत्व र सेवा प्रदायक संस्था दिव्य विकास स्रोत केन्द्र, पर्साको सहजीकरणमा सञ्चालन भईरहेको “सुरक्षित आप्रवासन (सामी) परियोजना” अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

 

बैदेशिक रोजगारीको क्रममा ठगी तथा विभिन्न समस्यामा परेकाहरुको छिटो छरितो न्याय प्राप्ती तथा पाउने क्षतिपूर्ति सहज ढंगबाट प्राप्त गर्नको लागि प्रहरीसंग समन्वय गर्ने तथा आउने दिनहरुमा बैदेशिक रोजगारीमा जाने कुनै पनि युवा ठगीमा नपरुन भन्ने उद्देश्यले समुदायमा व्यापक सचेतीकरण तथा समस्यामा परेर उजूरी भएका घटनाहरुको न्यायीक प्रक्रियामा सहयोग गर्नको लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको दिव्य विकास स्रोत केन्द्रका गणेश ठकुरीले जानकारी दिए ।

 

कार्यक्रममा हेल्भेटास नेपालका कार्यक्रम अधिकृत शिवचरण रौनीयारले सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको संक्षिप्त जानकारी तथा यस कार्यक्रमले कसरी आफ्ना कार्यक्रमहरुलाई अगाडी बढाईरहेको विषयमा प्रस्तुतिकरण मार्फत जानकरी गराएका थिए ।

 

कार्यक्रममा आप्रवासी स्रोत केन्द्रका परामर्शकर्ता जयप्रकाश प्रसादले आप्रवासी स्रोत केन्द्रमा यस चालु आर्थिक वर्षमा ८७ ओटा बैदेशिक रोजगारी सम्बन्धी घटनाहरु दर्ता भएको, जसमध्ये २८ ओटा घटनाहरु समाधान भईसकेको वताए । जस मध्ये १४ ओटा घटनाहरु ठगीका घटनाहरु रहेको उनले जानकारी गराए ।

 

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले नेपालको संविधानमा संशोधन भएका बैदेशिक रोजगार सम्बन्धी ऐन, नियमहरु तथा प्रमुख जिल्ला अधिकारीको भूमिका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

 


जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दावा शेर्पाले सामी कार्यक्रम तथा नेपाल प्रहरी बिचको समन्वय तथा सहकार्य सम्बन्धी प्रस्तुीकरण गरेका थिए । कार्यक्रममा भएको खुल्ला छलफलमा सहभागीहरुले आ–आफ्ना जिज्ञासा राखेका थिए भने परियोजनाका कमचारीहरुबाट जिज्ञासालाई सामाधान गरिएका थिए ।

 

पत्रकार महासंघ पर्साको उपाध्यक्ष युवराज खड्का ,ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक मोहन विक्रम केसीले मन्तब्य ब्यक्त गरेका थिए।

 

दिव्य विकास स्रोत केन्द्रका अध्यक्ष उमेश प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य दिव्य विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक रामकान्त प्रसाद कुर्मीले राखेका थिए भने संचालन दिब्य विकास स्रोत केन्द्रका कोपिला चौलगाईले गरेकी थिइन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

महाकवि देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ ।  नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती सोमवार स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

पर्सामा तिहार र छठका लागि कडा सुरक्षा व्यवस्था, पटका र जुवातासमा पूर्ण निषेध ,देउसी राती ९ बजेसम्म मात्र

वीरगन्ज । नेपालीहरूको महान् पर्व तिहार (दीपावली) र छठ पर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति–सुरक्षा सुनिश्चित गर्न कडा सुरक्षा मापदण्ड जारी गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.