logo

पर्सागढीमा आधारभूत सामुदायीक आखाँकेन्द्र संचालनमा

खर्च अभावमा कोही पनि आँखाको उपचारबाट वञ्चित हुनु पर्दैनः नगरप्रमुख पाठक

 इसीमाना सम्वाददाता     २०८० बैशाख ११ गते ०७: २० मा प्रकाशित     747   पटक पढिएको

पर्सागढी नगरपालिकाको हरपुरमा आधारभूत सामुदायिक आखाँ केन्द्रको सोमवार एक बिशेष कार्यक्रमका वीच पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले उद्धघाटन गरेका छन ।


केन्द्रको उद्धघाटन गर्दै नगरप्रमुख पाठकले अन्धोपन नियन्त्रणको मुलमन्त्रलाई कार्यान्वयन गर्नकालागि केन्द्रको स्थापना गरिएको बताए ।

 

उनले पर्सागढी नगरपालिका भित्रका स्वास्थ्य संस्थाहरुमा बिभिन्न रोगको परिक्षण र उपचारकालागि नगरपालिकाले काम गर्ने बताए ।

No description available.

पर्सागढीका नगरिकलाई स्वास्थ्य सम्बन्धी आधारभूत सेवा गुणस्तरीय र प्रभावकारी रुपमा उपलब्ध गराउने आफनो उद्धेश्य रहेको प्रष्ट पार्दै उनले भने आधारभूत सेवा सहज र निशुल्क बनाइने छ ।


केन्द्रको संचालनले नागरिकलाई फाइदा पुग्ने चर्चा गर्दै उनले खर्च अभावमा कोही पनि आँखाको उपचारबाट वञ्चित हुन नपरोस् भन्ने आफनो मुल मन्त्र रहेको बताए ।

 

खर्च जुटाउन नसकेर संसार देख्ने आश मारिसकेकालाई समेत संसार देखाउने नगरपालिकाको योजना रहेको बताउदै नगरप्रमुख पाठकले नागरिकले यसको लाभ लिएको दिन आफूले सन्तोष लिने ठाउँ बन्ने बताए ।

No description available.

उनले भने मलाई बिश्वास छ “मैले यो काम नगरपालिकाको स्वास्थ्य शाखा, वीरगंज सामुदायीक आँखा केन्द्र समेतको सहयोगमा निष्ठापूर्वक गरेको छु निष्ठापूर्वक गरेको गरेको कामले अवश्य फल दिनेछ ।

नगरप्रमुख पाठकले
उपचार केन्द्रमार्फत अन्धोपन निवारणका लागि उपचारात्मक र चेतनात्मक कार्य गरिने उनले जानकारी दिए ।


यसैगरि प्रमुख प्रशासकीय अधिकृत छवीरमण भट्टराईले गुणस्तरीय, सस्तो र सबैखाले सहजताले गर्दा आखाँको उपचार केन्द्रको लाभ पर्सागढीका नागरिकलाई हुने बिश्वास ब्यक्त गरे ।

उनले अज्ञानता र गरिबीले गर्दा आँखाको ज्योति फर्काउन सकिदैन भन्ने मान्यतालाई गलत सावित गर्न केन्द्रले काम गर्नु पर्ने सुझाव दिए ।


नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख नारायण पौडेलले अन्धोपन निवारणमा पर्सागढी नगरपालिकाले अंगिकार गरेको मोडेल अन्य स्थानीय तहकालागि पनि अनुकरणीय हुने बताए ।

No description available.

आँखा केन्द्र संचालनकालागि प्राविधिक सहयोग उपलब्ध गराउने वीरगंज सामुदायीक आँखा केन्द्रका मेडिकल संयोजक महेश सिंह धामीले हरपुरमा संचालीत सामुदायीक आँखा केन्द्र ग्रामीण जनताको घर दैलोमा उपचार दिने केन्द्रको रुपमा स्थापित हुने बताए ।

उनले पर्सागढी नगरपालिकाले आँखाको उपचार सेवा आफना नागरिकलाई घर आँगनमा दिने अठोट गरेकोमा प्रशंसा गरे । पर्सागढी नरपालिकाको नेतृत्व नागरिक स्वास्थ्य प्रति जिम्मेवार छ भन्ने पुष्टि भयो उनले भने “घर घरमा सिंहदरवारको अनुभूती यस्तै कामले हुनेछ ” ।


आख केन्द्र उद्धघाटकै दिन २ सय ३५ जनाको आख परिक्षण भएको थियो । जसमा ३५ जनामा मोतियाबिन्दुको समस्या देखिएको मेडिकल संयोजक धामीले जानकारी दिए ।

No description available.

उनीहरुको वीरगंज सामुदायीक आखाँकेन्द्रमा निशुल्क शल्यक्रिया हुने उनले बताए । केन्द्रमा हप्ताको उक दिन निशुल्क आखाको परिक्षण हुनेछ । आँखाकाृ जटिल खालको समस्याको भने वीरगंज सामुदायीक आँखा केन्द्रमा थप उपचारको ब्यवस्था मिलाइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.