logo

महायज्ञमा सहभागि हुन नदिएको भन्दै दलीत समुदाय आन्दोलीत

 इसीमाना सम्वाददाता     २०८० बैशाख ३ गते ०७: २६ मा प्रकाशित     325   पटक पढिएको

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नम्बर १८ सुखचैनामा यहि बैशाख १२ गते देखि हुन गइरहेको बिष्णु महायज्ञमा दलित समुदायलाई पुजाबाट बञ्चित गरिएको भन्दै दलित समुदायले बिरोध जनाएका छन ।

 

नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आइतवार पत्रकार सम्मेलन गर्दै दलित समुदायले बिरोध गरेका हुन । कथित उप्पलो जातिहरुले दलितहरुलाई महायज्ञका चौकामा बस्न नदिनेभएपछि उनीहरु बिरोधमा उत्रेका हुन ।

 

महायज्ञको चौकामा बसे कुटपिट गर्ने,लुटपाट गर्ने तथा ज्यान मार्ने धम्की समेत दिन थालेको पत्रकार सम्मेलन मार्फत उनीहरुले आरोप लगाए । उनीहरुले गाँउ भेला नै गरेर दलितलाई यज्ञमा बस्न नदिने निर्णय गरेका बताएका थिए ।

 

वडा अध्यक्ष उमाशंकर तिवारी, जिल्ला प्रशाशन कार्यालय पर्सा,जिल्ला प्रहरी कार्यालय लगायतको ठाउँमा गुहार माग्दा समेत न्याय नपाएर पत्रकार सम्मेलन गर्नुपरेको दलित अगुवा रामअश्रेय रामले जानकारी दिए । पत्रकार सम्मेलनमा दतिल अगुवा नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

घर बहाल करका बिषयमा महानगर र घरधनीवीच छलफल, कर नतिरे सम्पूर्ण सेवा सुविधा बन्द गरिने चेतावनी

वीरगंज । रगंज महानगरपालिकाले महानगरको आम्दानी सुनिचत गर्नकालागि महाानगरका नागरिकलाई करको दायरामा आउन अपिल गरेको छ ।

रेबिज लागेर चितवनको इच्छाकामनाका  प्रजाको मृत्यु

चितवन । रेबिज लागेर चितवनको इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.