logo

पत्रकारितालाई स्वच्छ नैतीक र जनउत्तरदायी बनाउनकालागि आचारसंहिता पालना गर्न वक्ताहरुको जोड

 इसीमाना सम्वाददाता     २०७९ चैत २९ गते १०: १९ मा प्रकाशित     515   पटक पढिएको

कलैया । मधेश मिडिया काउन्सिलको आयोजनामा कलैयामा पत्रकार आचार संहिता कार्यान्वयनको बिषयमा अन्तरक्रिया सम्पन्न भएको छ ।

 

नेपाल पत्रकार महासंघ बाराका कार्यवाहक अध्यक्ष रामबाबु मेहताको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले जवाफदेहीपूर्ण पत्रकारिताकालागि आचार संहिताको बिषयमा छलफल गरेका थिए ।

 

लामिछानेले पत्रकारितालाई स्वच्छ नैतीक र जनउत्तरदायी बनाउनकालागि अपनाइने आत्मअनुशासन नै आचारसंहिता भएको बताए । उनले आचार संहिता पालनामा कमी आएको चर्चा गर्दै पत्रकारिताको बारेमा अनेकौं प्रश्नहरु उठन थालेको बताए ।

 

केन्द्रीय सदस्य लामिछानेले नेपाल पत्रकार महासंघको सहमतीमा निर्माण गरिएको पत्रकार आचार संहिता नेपाली पत्रकारहरुले आफैले आफैलाई स्वनियमन गर्न बनाएको तथ्य आजको पत्रकारले स्मरण गर्नु पर्ने बताए ।

 

उनले आचार संहिताको पालना नगरेकै कारण पत्रकारहरु असुरक्षाको दुष्चक्रमा पर्नु परेको चर्चा गरे ।

May be an image of 8 people
कार्यक्रममा मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दासले पत्रकारहरुकोलागि काउन्सिलले निर्माण गरेको आचार संहिता पालना गर्न आग्रह गरे ।

 

उनले आचार संहिता उल्लघंन भएको जिकिर गर्दै आफूलाई धेरै गुनासाहरु आउने गरेको सुनाए । आचार संहिता पालनाले पत्रकारितालाई जिम्मेवार बिश्वसनीय बनाउने चर्चा गर्दै दासले संहिता पालना नगर्नेहरु कारवाहीको दायरामा पर्ने बताए ।


कार्यक्रममा आम संचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव,नेपाल पत्रकार महासंघका मधेश प्रदेशका अध्यक्ष राजेश कर्ण, महासचिव श्याम बन्जारा,काउन्सिलका सदस्य बन्दना झा लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ बारा शाखाका सचिव अनिल गौरवले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.