logo

महायज्ञमा दलीतको सहभागिता फेरी निषेध, आयोजक बिरुद्ध प्रहरीमा किटानी जाहेरी

 इसीमाना सम्वाददाता     २०७९ चैत २७ गते ०७: ०२ मा प्रकाशित     430   पटक पढिएको

वीरगंज । ०८० बैशाख १२ गतेदेखी वीरगंज महानगरपालिकाको वडा नं १८ को सखुचैनामा हुने महायज्ञमा दलीतलाई सहभागि हुन नदिने नीति लिएको भन्दै त्यसको बिरुद्ध ०७९ चैत २७ गते दलीत अगुवाले जिल्ला प्रशासन कार्यालय पर्सामा किटानी उजुरी दिएका छन ।

 

शाख १२ देखि सुखचैनामा हुन लागेको महायज्ञमा सहभागी गराउन माग गर्दै प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई दलित अगुवा एवम् स्थानीयले निवेदन दिएका हुन् ।

 

दलित अगुवा धुरुपलाल राम र प्रहलाद रामसहित जिल्लाका दलित अगुवाहरूको टोलीले निवेदन दिँदै महायज्ञमा दलितलाई सहभागी गराउन माग गरेको हो ।

बिष्णु महायज्ञ व्यवस्थापन समितिले यज्ञमा सहभागी गराउन इन्कार गर्नुका साथै प्रशासन वा अन्य कुनै निकायमा उजुरी दिएमा कुटपिट गर्ने र ज्यानै मार्नेसमेत धम्की दिएको निवेदनमा दाबी गरिएको छ ।

 

सुखचैनामा दलीत समुदायको ४२ घर छ । महायज्ञ व्यवस्थापन समितिमा ६१ जना सदस्य राखिएका छन । समितिमा दलितबाट कसैलाई पनि राखिएको छैन । दलीत समुदायसंग चन्दा पनि मागिएको छैन ।

 

महायज्ञ ब्यवस्थापन समितिका अध्यक्ष खोभारी महतो प्रतिक्रिया दिनबाट पन्छिए । समितिका सचिव गोपाल प्रसाद यादवले उनीहरु आफै बस्न नचाहेको प्रतिक्रिया दिए ।

 

प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले छुवाछुतजस्तो गम्भिर विषयमा छलफल नगर्ने बताउँदै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिन सुझाव दिए ।

 

दलित अगुवाहरुले महायज्ञ व्यवस्थापन समितिका अध्यक्ष खोभाडी महतो, सचिव गोपाल प्रसाद यादव र मन्द्रिका महतोको नामै किटानी गरी ०७९ चैत २६ गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका छन् ।

किटानी बुझ्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरीले महायज्ञ समितिका अध्यक्षसहितका पदाधिकारीलाई जिल्लामा हाजिरी गराउन निर्देशन दिएका छन् ।

०७९ चैत ८ गतेदेखि १६ गतेसम्म वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौमा सम्पन्न शतचण्डी महायज्ञमा पनि दलीतलाई सभागि गराइएको थिएन । वडा नम्बर १८ सुखचैनामा पनि त्यही घटना दोहोरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.