logo

बालसुधार गृहको इन्सेक मधेशद्वारा अनुगमन, एउटै कोठमा २० जना बस्न बाध्य

 इसीमाना सम्वाददाता     २०७९ चैत १२ गते १०: ३१ मा प्रकाशित     516   पटक पढिएको

वीरगंज /वीरगंज महानगरपालिकामा रहेको मधेश प्रदेशको एक मात्र बालसुधारगृह अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका मधेश प्रदेश कार्यालयका प्रमुख राजु पासवानले अनुगमन गरेका छन ।

 

बाल सुधार गृहको क्षमता ५० जनाको हो । तर अहिले वाल सुधार गृहमा १ सय ३६ जना बस्दछन । वाल सुधार गृहमा बस्ने वालकले कारागार नियमावलीले तोकेको ७ सय ग्राम चामल र दैनीक ६० रुपैया पाउदै आएका छन ।

 

वालसुधार गृहमा एक जना स्टाप नर्स कार्यरत रहेको कार्यालयका निमित्त प्रमुख कृष्ण साह गोढले जानकारी दिए । उनीहरुको स्वास्थ्य हेरचाह स्टाफनर्सबाट हुदै आएको छ । ठुलो खाले बिरामी हुदा नारायणी अस्पताल नजिकै रहेको त्यहीको सेवा लिदै आएको गोढले बताए ।
बालसुधार गृहमा एउटटा कोठामा २० जना सम्म बा

लक राख्नु पर्ने अवस्था रहेको उनले बताए । कुखुराको खोर जस्तो छ निमित्त प्रमुख गोढले भने “गृह बिस्ताकोलागि मंत्रालयमा पत्राचार भएको त छ तर काम केही हुन सकेको छैन ” ।

 

वालवालिका सम्बन्धित मुद्धामा १ सय २० दिनमा फैसला हुनु पर्नेमा वीरगज वाल सुधार गृहमा रहेका बालकहरुको हकमा भने बक पत्र र पेशी समेत नभएको पाइएको छ ।

 

वालगृहमा सबैभन्दा धेरै जर्वजस्ती करणी, लागू औषध र चोरी डाकाको आरोप लागेकाहरु छन । १ कठ्ठा १८ धुरमा रहेको गृह संघीयता अघि सम्म नेपाल सरकारले बालगृहका रुपमा संचालन गरेको थियो ।

 

वालगृहमा ५ वटा शौचालय छन । भवन थप्न मिल्ने गरि सं।रचना निर्माण भएको छैन । पुरानो संरना भत्काएमात्र नयाँ निर्माण हुन सक्छ । गर्मीको समयमा एउटै कोठामा बस्नु पर्दा श्वासप्रश्वासमा समस्या देखिने छाला सम्बन्धि रोग देखा पर्ने गरेको निमित्त प्रमुख गोढले बताए ।


गृहले मधेश प्रदेशका ८ वटै जिल्लाका अदालतलाई पत्राचार गरेर वाल सुधार गृहमा वालक नपठाउन आग्ह नै गरेको छ । अदालतले फैसला ढिलो गर्दा पनि वालकहरु झन समस्यामा परेका छन । अनुगमनका क्रममा इन्सेक मधेशका संयोजक पासवानले वाल सुधार गृहको भूर्वाधार निर्माण सहित अन्य बिषयमा पनि प्रदेश सरकारको ध्यानाकर्षण गराउने बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.