logo

स्व.नरेश सर्राफको स्मृति पत्रकारिता पुरस्कार पत्रकार सिंहलाई दिइने

 इसीमाना सम्वाददाता     २०७९ चैत ११ गते ०९: १६ मा प्रकाशित     445   पटक पढिएको

वीरगञ्ज । पत्रकार स्व.नरेश सर्राफको स्मृतिमा स्थापित पुरस्कार पत्रकार राजेन्द्र सिंह राजपुतलाई दिने निर्णय भएको छ । नेपाल पत्रकार महासंघ पर्साको शनिवार सम्पन्न बैठकले स्व. नरेश स्मृति पुरस्कार सिंहलाई प्रदान गर्ने निर्णय गरेको हो ।

महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा बसेको बैठकले विगतका निर्णय र सम्पन्न कार्यको समीक्षा गर्नुका साथै यही चैत १६ गते महासंघको स्थापना दिनस मनाउने पनि निर्णय गरेको महासंघका सचिव भुषण यादवले जानकारी दिए ।

 

सचिव यादवकाअनुसार स्थापना दिवसका अवसरमा प्रभातफेरी निकाल्ने र पुरस्कार वितरण गर्ने निर्णय भएको छ ।

यसअघि नै महासंघले ४० वर्ष उम्मेर नकटेका र कम्तीमा १ दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका पत्रकारलाई पुरस्कार प्रदान गर्ने कार्यविधि बनाएको थियो ।

 

सोही बमोजिम आकाश एफ एम, पब्लिक एफ एम, आवाज एफ एम, माउन्टेन टिभी हुँदै रेडियो नेपाल र एन्युज टेलिभिजनमा कार्यरत पत्रकार सिंहलाई प्रदान गर्ने महासंघले निर्णय गरेको हो ।

यस्तै बैठकले पत्रकार महिलाहरूको क्षमता अभिबृद्घीका लागि चैत मसान्त भित्र तालिम सम्पन गर्ने निर्णय गरेको छ । उक्त तालिमको लागि उपाध्यक्ष सुष्मा शर्मा, कार्यसमिति सदस्य कबिता खड्का, रश्मीराज भण्डारीलाई जिम्मेवारी दिईएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

महाकवि देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ ।  नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती सोमवार स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

पर्सामा तिहार र छठका लागि कडा सुरक्षा व्यवस्था, पटका र जुवातासमा पूर्ण निषेध ,देउसी राती ९ बजेसम्म मात्र

वीरगन्ज । नेपालीहरूको महान् पर्व तिहार (दीपावली) र छठ पर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति–सुरक्षा सुनिश्चित गर्न कडा सुरक्षा मापदण्ड जारी गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.