logo

संविधान सभा सदस्य रुङटालाई पितृशोक,अस्ताए वीरगंजका ब्यवसायीका नेता

 इसीमाना सम्वाददाता     २०७९ चैत २ गते ०६: २७ मा प्रकाशित     478   पटक पढिएको

वीरगञ्ज । वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ओमप्रकाश रुंगटाको आज निधन भएको छ । दम रोग लगायतका समस्याले अस्वस्थ रहेका रुंगटाको ८८ बर्षको उमेरमा बिहिवार दिउँसो बयोधा मेडिसीटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

पाँचदिन अघि स्वास्थ्यमा समस्या देखिएपछि बयोधा मेडिसिटी अस्पतालमा भर्ना गरिएकोमा उनको उपचारको क्रममा बिहिवार दिउँसो निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

 

वन अधिकृतको रुपमा सरकारी सेवामा समेत काम गर्नुभएका रुंगटा कन्जरभेटर ( उच्च अधिकृत) बाट सेवा निवृत्त भएपछि व्यापार व्यावसायमा संलग्न थिए । ब्यापारमा पनि ब्यवसायीको हक हितमा संलग्न रुङटाले निजी क्षेत्रको छाता संगठन वीरगन्ज उद्योग वाणिज्य संघको नेतृत्व समेत गर्नुभएको थियो ।

 

दिवंगत रुंगटाको श्रीमती, तीन छोरा र दुई छोरी छन् । जेठो छोरा सुनिल रुंगटा, माहिला छोरा अनिल रुंगटा र कान्छा छोरा अनोज रुंगटा हुन् । त्यस्तै छोरीहरु पिंकी गोयल र सुनिता चौधरी हुन् ।


अनिल नेपाली कांग्रेसका नेता एवं संविधानसभा सदस्य तथा अनोज वीरगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित सहकोषाध्यक्ष हुन ।
रुङगटाको साmँभ ५ बजे वीरगंजको अशोक वाटीका स्थित श्मशानघाटमा बिधिपूर्वक अन्तिम संस्कार भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.