logo

सोनवर्षामा सिद्धीकीको घरमा प्रहरीको छापा, गांजा सहित दुई पक्राउ

 इसीमाना सम्वाददाता     २०७९ चैत २ गते ०६: १५ मा प्रकाशित     507   पटक पढिएको

पटेर्वा सुगौलीको वडा नं १ सोनवर्षाबाट प्रहरीले एक घरमा छापामारी गरि गाँजाका कारोवारीलाई पक्राउ गरेको छ । सोनवर्षामा रहेको इस्माइल सिद्धीकीको घरमा प्रहरीले छापामारी गरेको हो ।

 

पर्साका प्रहरी उपरिक्षक कमल शाहको कमाण्डामा गएको टोलीले छापामारी गरेको थियो । प्रहरीले बिशेष सूचना प्राप्त गरेको थियो । स्रोत भन्छ स्थानीय रुपमा रहेको पटेर्वा सुगौली स्थित इलाका प्रहरी कार्यालय , रंगपुर स्थित प्रहरी चौकीले समेत छापामारी गर्न सक्थ्यो तर पर्साका प्रहरीले प्रमुखले यो सूचनालाई उच्च प्रथामिकतमा राखेर आफै फिल्डमा अपेशनमा संलग्न भएका थिए ।

 

जुन घरमा छापामारी भएको थियो त्यो घर सोनवर्षाको स्थानीय राजनीतिमा पहुचवाला ब्यक्तिको घर हो । इस्माइल सिद्धीकी साविकको सोनवर्षाका गाविसका पूर्व उपाध्यक्ष हुन । नुरुल होदा उनका भाई हुन ।

 

प्रहरीले छापामारी गरेर २९ किलो गाँजा बरामद गरेको छ । गाँजा सहित जैनुह होदा सिद्धिकी र अर्का एक जना गाँजा ओसार्ने भरियालाई पनि प्रहरीले पक्राउ गरेको छ ।


नुरुल होदा गाँजा कारोवारमा संलग्न रहेको सूचना प्रहरीमा पुगेको स्रोतको दावी छ । उनले गाँजाको तस्करी मार्फत कुस्त सम्पती जाडेको र अहिले पनि कारोवार गरिरहेको सूचना पाएर नै प्रहरीले छापामारी गरेको स्रोतको दावी छ ।


प्रहरीले वीरगंज महानगरपालिकाको वडा न–३१ मिलनचोकबाट पनि २७ कपलो गाँजा सहित एउटा अटो त्यसका चालक र चितवन जिल्लाको राप्ती नगरपािलका १२ ओकराङका तीन जना र ३१ कै अटोका चालक सहित चार जनालाई गिरफतार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक दीपक गिरीले जानकारी दिए । 

 

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ निवासी रामतुल्लहा मिया, चितवनको राप्ती नगरपालिका वडा नम्बर १२ बस्ने सहमुल पुजा, मर्कुस पुजा र राम बिलास पुजालाई प्रहरीले पक्राउ गरेको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.