logo

शिक्षामा बेथिति उमेर नपुग्दै नियुक्ति,अख्तियारमा मुद्धा बिचराधीन

 इसीमाना सम्वाददाता     २०७९ चैत २ गते ०२: ५४ मा प्रकाशित     688   पटक पढिएको

वीरगञ्ज महानगरपलिका वडा–२४ मा रहेको श्री राम जानकी आधारभूत विद्यालयमा उमेर नै नपुगेको अयोग्य र नियुक्ति नै नपाएको दुईजना शिक्षीका कार्यरत रहेको पाईएको छ ।

 

तत्कालिन बगही गाविस वडा– ६ परिर्वतित वीरगञ्ज महानगर वडा–२८ बस्ने वर्ष १५ कि बबली कुमारीलाई उमेर नपुगदै नियूक्ती पाएको खुलासा भएको छ । उनलाई नेपाल रेव्ये माध्यमिक विद्यालय को मिति २०६५ असार १३ गते संचालीत बालबिकास शिक्षिकाको रुपमा पठन पाठन गराउन नियूक्ती पत्र दिएको थियो । बबलीले जिल्ला प्रशासन कार्यालय पर्साबाट मिति २०६८ भदौ २३ गते नेपाली नागरीकता प्राप्त गरेकी थिईन् ।

No description available.

उनको नागरीकतामा जन्म मिति २०५० पौष २६ गते उल्लेख गरिएको छ । त्यसरी नियूक्ती पाउँदा बबलीको उमेर १५ वर्ष मात्रै पुगेको देखिएको छ । अर्का शिक्षिका रिंकु कुमारी पनि नियुक्ति पत्र नै नभई कार्यरत रहेकी छिन् ।

 

बाल विकास सहयोगी शिक्षिकाको रुपमा कार्यरत रिंकु कुमारीलाई जिल्ला शिक्षा कार्यालयले रामजानकी प्राविमा रमाना गरेको पत्र अनुसार हाजिर गराउन विद्यालय व्यावस्थापन समितिको सर्वसम्म्तीले निर्णय गरेको भनिएपनि उनको जिल्ला शिक्षा कार्यालबाट दिईएको नियुक्तिपत्रको कुनै प्रमाण भेटिएको छैन ।

 

विद्यालयको लेडर प्याडमा विद्यालय व्यावस्थापन समितिको बैठकको मिति र जिल्ला शिक्षा कार्यालयले पठाएको भनी उल्लेख गरिएको चलानी नम्बर पनि केरमेट गरि लेखिएको छ ।

 

जिल्ला शिक्षा अधिकारीलाई सम्बोधन गरी लेखिएको लेटर प्याडमा विद्यालय व्यावस्थापन समितिको मिति २०६८।५।१० उल्लेख गरिएको ठाउँमा ५ गतेलाई ८ गते बनाईएको छ । त्यस्तै जिल्ला शिक्षा कार्यालय पर्साको चलानी नम्बर ४० लेखिएको ठाउँमा पनि केरमेट गरेर ५५ लेखिएको छ ।

No description available.

राजनीति दवाबमा केहीवर्ष यो विषय लुकाईए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत, महानगरको शिक्षा महाशाखामा स्थानीयले उजुरी गरे पश्चात यो बिषय बाहीर आएको हो ।

 

बबलीको उमेर र योग्यता नपुग्दै झुक्याएर नियूक्ती लिएको भन्दै महानगरमा स्थानीयले पटक पटक उजुरी गरेपछि महानगरपालिकाले बबलीको ९ महिनाको पारिश्रमिक समेत रोक्का गरेको थियो ।

 

तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने काम अख्तियारको रहेको भन्दै बबलीको तलब नरोक्न निर्देशन दिएपछि महानगरपालिकाले बबलीको तलब निकासा गरेको बुझिएको छ ।

 

अख्तियारमै उजुरी परेपनि अहिलेसम्म कुनै ठोष कारर्वाही भने भएको छैन । आयोगले महानगरलाई कारवाही गर्न पटक पटक पत्रचार गरेपनि महानगर अन्तरगतका शिक्षा महाशाखाले कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ ।राजनीति दबावका कारण यस बिषयमा वीरगञ्ज महानगरले कुनै प्रतिक्रिया दिन मानेको छैन ।

 

वीरगंज महानगरपालिकाको शिक्षा महाशाखाले भने अख्तियार दुरुपयो अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको र आवश्यक कागजात त्यही पठाएको जनाएको छ । महानगरका शिक्षा शाखाका एक जना अधिकृत हरि राउत कुर्मीले १८ वर्ष उमेर पुगेपछिको नियुक्तिलेमात्र बैधता पाउने बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.