logo

“सबैलाई प्रेम गर ,कसैलाई घृणा नगर” भन्ने सन्देश सहित अहमदिया संघको जलसा सम्पन्न

 इसीमाना सम्बाददाता      २०७९ फागुन ७ गते ०५: ०० मा प्रकाशित     417   पटक पढिएको

वीरगञ्ज । विगतका वर्षझैं यस वर्ष पनि अहमदिया संघले पर्साद्वारा विन्दवासिनी गाउँपालिका वडा नं ५ प्रसौनी भाठ्ठा स्थित श्री मसरुर पब्लिक आधारभुत विद्यालयमा आठौं बार्षिक जलसा सालाना २ दिने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

“सबैलाई प्रेम गर ,कसैलाई घृणा नगर”भन्ने मुल नारा सहित अन्तर्राष्ट्रिय अहमदिया संघको आठौं बार्षिक जलसा सालाना एक विशेष कार्यक्रमकावीच आइतवार प्रसौनी भाठ्ठामा सम्पन्न भएको हो ।

 

कार्यक्रममा अहमदिया संघ भारतका मुनिर अहमद हाफिजाबादी साहबले सबै धर्मसँग आबद्ध व्यक्तित्वहरु एक आपसमा बसेर श्रष्टालाई सम्झने उद्देश्यले प्रत्येक वर्ष जलसाको आयोजना गर्ने गरिएको बताए ।

पञ्जाब भारतबाट हजरत मिर्जा गुलाम अहमदले १ सय २४ वर्ष अघि ई.स .१८९१ मा कादियानबाट शुरु गरेको यस जलसा प्रत्येक वर्ष २ सय ९ वटा देशहरुमा गर्ने गरिएको चर्चा गर्दै हाफीजाबादीले अहमदिया मुस्लिम जमात एक विसुद्ध धार्मिक तथा अध्यात्मिक जमात हो, यसको राजनीतिसँग कुनै सरोकार नभएको बताए । यस जमातको संघ संस्था विश्वको २ सय ९ वटा देशहरुमा स्थापित रहेको सहभागीहरुलाई जानकारी दिँदै उनले मानविय आंचार संहिताको रक्षा गर्ने, राष्ट्रियता एकता अखण्डता एवं धािर्मक सहिष्णुताको बारेमा समेत चर्चा गरे ।

 

कार्यक्रममा क्रिशचन समाज नेपालका अध्यक्ष प्रेम घिमिरे , ब्रहम कुमारी राजयोग सेवा केन्द्रका धर्मगुरु कुमेस कुमार, सिख समाज नेपाल का अध्यक्ष रंजित सिंह सबै धर्मगुरुहरु र पवित्र पुस्तकहरुको सम्मान गर्नु पर्नेमा जोड दिदै आफ्नो धार्मिक सोंचलाई परिवर्तन गर्न र अर्काको धर्ममाथि हिलो छ्यापने काम नगर्न , प्रेम र शान्तिको स्थापनार्थ सर्वश्रेष्ठ उपाय आप्नो धर्मको राम्रो कुरालाई अरु समक्ष प्रस्तुत गर्नु नै रहेकोमा जोड दिए ।

जलसामा नेपालका विभिन्न जिल्लाहरु झापा, सुनसरी, सप्तरी, सिरहा, पर्सा, काठमाडौं, तनहुँ, चितवन तथा धनगढी लगायत भारतका व्यक्तिहरुको समेत सहभागिता रहेको थियो ।

 

अहमदिया संघका राष्ट्रिय अध्यक्ष कमरुल होदा अन्सारीको सभापतित्वमा भएको कार्यक्रममा जमात अहमदिया संघका सदर मोइन अहमद , नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्सा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ता, नेपाली कांग्रेस पर्साका सभापति एवं प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री विन्दवासिनी गाउँपालिकाका गाउँपालिका अध्यक्ष प्रमोद तिवारी, उपाध्यक्ष ज्योति चौरसिया,पुर्व उपाध्यक्ष किरण गुप्ता,वडा अध्यक्ष मोहन राउत अहिर लगाय विभिन्न पार्टीका प्रतिनिधिहरूको सहभागिता रहेको अहमदिया संघ नेपाल पर्सा का इन्चार्ज हासिम अहमदले बताए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.