logo

“सबैलाई प्रेम गर ,कसैलाई घृणा नगर” भन्ने सन्देश सहित अहमदिया संघको जलसा सम्पन्न

 इसीमाना सम्बाददाता      २०७९ फागुन ७ गते ०५: ०० मा प्रकाशित     482   पटक पढिएको

वीरगञ्ज । विगतका वर्षझैं यस वर्ष पनि अहमदिया संघले पर्साद्वारा विन्दवासिनी गाउँपालिका वडा नं ५ प्रसौनी भाठ्ठा स्थित श्री मसरुर पब्लिक आधारभुत विद्यालयमा आठौं बार्षिक जलसा सालाना २ दिने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

“सबैलाई प्रेम गर ,कसैलाई घृणा नगर”भन्ने मुल नारा सहित अन्तर्राष्ट्रिय अहमदिया संघको आठौं बार्षिक जलसा सालाना एक विशेष कार्यक्रमकावीच आइतवार प्रसौनी भाठ्ठामा सम्पन्न भएको हो ।

 

कार्यक्रममा अहमदिया संघ भारतका मुनिर अहमद हाफिजाबादी साहबले सबै धर्मसँग आबद्ध व्यक्तित्वहरु एक आपसमा बसेर श्रष्टालाई सम्झने उद्देश्यले प्रत्येक वर्ष जलसाको आयोजना गर्ने गरिएको बताए ।

पञ्जाब भारतबाट हजरत मिर्जा गुलाम अहमदले १ सय २४ वर्ष अघि ई.स .१८९१ मा कादियानबाट शुरु गरेको यस जलसा प्रत्येक वर्ष २ सय ९ वटा देशहरुमा गर्ने गरिएको चर्चा गर्दै हाफीजाबादीले अहमदिया मुस्लिम जमात एक विसुद्ध धार्मिक तथा अध्यात्मिक जमात हो, यसको राजनीतिसँग कुनै सरोकार नभएको बताए । यस जमातको संघ संस्था विश्वको २ सय ९ वटा देशहरुमा स्थापित रहेको सहभागीहरुलाई जानकारी दिँदै उनले मानविय आंचार संहिताको रक्षा गर्ने, राष्ट्रियता एकता अखण्डता एवं धािर्मक सहिष्णुताको बारेमा समेत चर्चा गरे ।

 

कार्यक्रममा क्रिशचन समाज नेपालका अध्यक्ष प्रेम घिमिरे , ब्रहम कुमारी राजयोग सेवा केन्द्रका धर्मगुरु कुमेस कुमार, सिख समाज नेपाल का अध्यक्ष रंजित सिंह सबै धर्मगुरुहरु र पवित्र पुस्तकहरुको सम्मान गर्नु पर्नेमा जोड दिदै आफ्नो धार्मिक सोंचलाई परिवर्तन गर्न र अर्काको धर्ममाथि हिलो छ्यापने काम नगर्न , प्रेम र शान्तिको स्थापनार्थ सर्वश्रेष्ठ उपाय आप्नो धर्मको राम्रो कुरालाई अरु समक्ष प्रस्तुत गर्नु नै रहेकोमा जोड दिए ।

जलसामा नेपालका विभिन्न जिल्लाहरु झापा, सुनसरी, सप्तरी, सिरहा, पर्सा, काठमाडौं, तनहुँ, चितवन तथा धनगढी लगायत भारतका व्यक्तिहरुको समेत सहभागिता रहेको थियो ।

 

अहमदिया संघका राष्ट्रिय अध्यक्ष कमरुल होदा अन्सारीको सभापतित्वमा भएको कार्यक्रममा जमात अहमदिया संघका सदर मोइन अहमद , नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्सा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ता, नेपाली कांग्रेस पर्साका सभापति एवं प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री विन्दवासिनी गाउँपालिकाका गाउँपालिका अध्यक्ष प्रमोद तिवारी, उपाध्यक्ष ज्योति चौरसिया,पुर्व उपाध्यक्ष किरण गुप्ता,वडा अध्यक्ष मोहन राउत अहिर लगाय विभिन्न पार्टीका प्रतिनिधिहरूको सहभागिता रहेको अहमदिया संघ नेपाल पर्सा का इन्चार्ज हासिम अहमदले बताए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.