logo

बिहारीलाल लाठ कर्मवीर सम्मानबाट संगीतकार परियार सम्मानीत

 इसीमाना सम्वाददाता     २०७९ फागुन ६ गते ०७: ४६ मा प्रकाशित     375   पटक पढिएको

वीरगंजका बरिष्ठ संगीतकार गणेश परियार यस वर्षको “बिहारीलाल लाठ” कर्मवीर सम्मानबाट सम्मानीत भएका छन । रिलिफ सोसाईटी अफ कमर्सले आफना अध्यक्ष स्व. बिहारीलाल लाठको योगदानलाई चीरस्थायी राख्न “ किहारीलाल लाठ कर्मवीर” सम्मान प्रदान गर्दै आएको छ ।

 


समाजको बिभिन्न क्षेत्रमा योगदान पर्याएका ब्यक्तिहरुको सम्मान हुने र बिहारीलाल लाठले समाजमा पुर्याएको योगदानको समेत चर्चा हुने भएकोले रिलिफ सोसाईटी अफ कमर्सले यो सम्मान प्रदान गर्दै आएको हो ।

 

वीरगंजलाई कर्मक्षेत्र बनाई संगीत ाधनामा लागेका गणेश परियार कर्मवीर सम्मानकालागि योग्य पात्र भएको नेकपा एमालेका नेता एवं सासद अच्यूत मैनालीले बताए ।

सोसाइटीले पनि लामो समयदेखि संगीतको क्षेत्रमा परियारले दिएको योगदानको कदरस्वरुप सम्मान गरिएको आयोजकले जनाएको छ ।

 

त्यस्तै महिला नेतृ एवम् पोखरिया नगरपालिकाकी पूर्व उपप्रमुख सलमा खातुन र भोजपुरी लोक गायक ढोडा मियाँ तेली (सलिम) लाई सम्मान गरिएको हो ।

रिलिफ सोसाईटी अफ कमर्सका अध्यक्ष योगेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा , प्रतिनिधि सभा सदस्यद्वय अच्युत मैनाली , प्रभु हजरा मधेश विश्वविद्यालयका उपकूलपति प्राध्यापक डाक्टर दीपक शाक्यले सम्मान गरेका हुन् ।

सोही अवसरमा विभिन्न समुदायका १७ जना विपन्न महिलाहरुलाई आयआर्जन गरी आत्मनिर्भर बनाउने अभिप्रायले सिलाईकटाईको मेशिन पनि प्रदान गरिएको संस्थाका सल्लाहकार तथा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष गणेश लाठले जानकारी दिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष योगेन्द्र प्रसाद यादवले स्वागत, बरिष्ठ उपाध्यक्ष नारायण रुङगटाले धन्यवाद र सञ्चालन महासचिब निरज अग्रवालले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.