logo

शिक्षासेवी स्व. योगेन्द्र गौतमको शालिक अनावरण , कैयौंले पाए रोजगार

 इसीमाना सम्वाददाता     २०७९ फागुन ६ गते ०६: १२ मा प्रकाशित     515   पटक पढिएको

कलैया ।बारागढी गाउँपालिकामा समाजसेवी स्व. योगेन्द्र राज गौतमको शालिक अनावरण गरिएको छ ।


वडा नम्बर १ पिपराबस्तपुरस्थित योगेश्वरनाथ मन्दिर परिसरमा बारा निर्वाचन क्षेत्र नम्बर १ का सांसद अच्युत मैनालीले उनको शालिक अनावरण गरेका हुन ।

 

स्वर्गीय गौतमले आफ्नो जीवनकालमा बारागढी गाउँपालिकाको वुद्धगाई माध्यमिक विद्यलय, पिप्रा शिव मन्दिर, जनता प्राथमिक विद्यलय, स्वास्थ्य चौकी, बजार, पिप्रा सुखि पथरा सडक लगायतका संरचना निर्माण गर्नकालागि आफनै जग्गा दान गरेका थिए ।

 

उनले बारागढीको शैक्षीक ,धार्मिक तथा स्वास्थ्यका बिकासमा गरेको योगदानलाई आज पनि स्मरण गरिन्छ र उनको प्रशंसा गरिन्छ । निष्ठापूर्ण समाजसेवीका रुपमा बारागढीबासीले स्मरण गर्दछन ।

 

बारगाढीको बिकासमा गोगदान गरेका गौतमको स्थानीय समाजसेवीहरुले नै प्रतिमा निर्माण गरि अनावरण गराएका हुन ।


२००७ सालमा त्यस क्षेत्रको शिक्षाको स्तर बढाउन भारतबाट शिक्षक मगाएर आफ्नै घरमा राखेर औपचारिक शिक्षाको सुरूवात गराएका गौतमको योगदानकै कारण बारागढी क्षेत्रका थुप्रै व्यक्ति रोजगार भएका हुन् ।


प्रतिमा अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका नेता एवं सांसद अच्युत मैनालीले बारागढीमा मात्रै नभई गौतम परिवारले थुप्रै स्थानमा दान पुन्यको काम गरेको स्मरण गर्दै त्यही कामको सम्मानमा उहाँको स्मरणमा शालिक अनावरण गर्न पाउनु सौभाग्यको कुरा रहेको बताएका थिए ।

 

उहिलेका समाजसेवीको योगदानको मात्रै कदर गरे सच्चा समाजसेवी बन्न सकिने उनको धारणा थियो । खान लाउन मुस्किल भएको बेला शिक्षा, स्वास्थ्य, सडक जस्तो पुर्वाधारका लागि दानपुन्य गरेर त्यसक्षेत्रको उद्धर गरेकोे सांसद मौनालीले बताए ।


कार्यक्रममा समाजसेवी योगेन्द्र राज गौतमका छोरा माधव गौतम, सुशील गौतम, अमोदमणि दीक्षित, बारागढि गाउँपालिकाका अध्यक्ष अशोक जैसवाल, स्थानीय समाजसेवि देवेन्द्र चौधरी, प्रभु दास, कुलमनि चौधरी, राजाराम साह, अशोक साह लगायतको उपस्थिति रहेको थियोे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

वीरगंज महानगरको वडा नं १४ नयाँबस्तीमा टोल सुधार समितिको भेला सम्पन्न अध्यक्षमा झा सर्वसम्मत

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं १४ को नयाँबस्ती पिप्रामा रहेको टोल सुधार समितिको आइतवार सम्पन्न सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।

बयलगाडाले किचेर घाइते बरहथवाका ८ वर्षिय बालकको मृत्यु

सर्लाही ।  सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका क्रममा मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.