logo

शिक्षासेवी स्व. योगेन्द्र गौतमको शालिक अनावरण , कैयौंले पाए रोजगार

 इसीमाना सम्वाददाता     २०७९ फागुन ६ गते ०६: १२ मा प्रकाशित     411   पटक पढिएको

कलैया ।बारागढी गाउँपालिकामा समाजसेवी स्व. योगेन्द्र राज गौतमको शालिक अनावरण गरिएको छ ।


वडा नम्बर १ पिपराबस्तपुरस्थित योगेश्वरनाथ मन्दिर परिसरमा बारा निर्वाचन क्षेत्र नम्बर १ का सांसद अच्युत मैनालीले उनको शालिक अनावरण गरेका हुन ।

 

स्वर्गीय गौतमले आफ्नो जीवनकालमा बारागढी गाउँपालिकाको वुद्धगाई माध्यमिक विद्यलय, पिप्रा शिव मन्दिर, जनता प्राथमिक विद्यलय, स्वास्थ्य चौकी, बजार, पिप्रा सुखि पथरा सडक लगायतका संरचना निर्माण गर्नकालागि आफनै जग्गा दान गरेका थिए ।

 

उनले बारागढीको शैक्षीक ,धार्मिक तथा स्वास्थ्यका बिकासमा गरेको योगदानलाई आज पनि स्मरण गरिन्छ र उनको प्रशंसा गरिन्छ । निष्ठापूर्ण समाजसेवीका रुपमा बारागढीबासीले स्मरण गर्दछन ।

 

बारगाढीको बिकासमा गोगदान गरेका गौतमको स्थानीय समाजसेवीहरुले नै प्रतिमा निर्माण गरि अनावरण गराएका हुन ।


२००७ सालमा त्यस क्षेत्रको शिक्षाको स्तर बढाउन भारतबाट शिक्षक मगाएर आफ्नै घरमा राखेर औपचारिक शिक्षाको सुरूवात गराएका गौतमको योगदानकै कारण बारागढी क्षेत्रका थुप्रै व्यक्ति रोजगार भएका हुन् ।


प्रतिमा अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका नेता एवं सांसद अच्युत मैनालीले बारागढीमा मात्रै नभई गौतम परिवारले थुप्रै स्थानमा दान पुन्यको काम गरेको स्मरण गर्दै त्यही कामको सम्मानमा उहाँको स्मरणमा शालिक अनावरण गर्न पाउनु सौभाग्यको कुरा रहेको बताएका थिए ।

 

उहिलेका समाजसेवीको योगदानको मात्रै कदर गरे सच्चा समाजसेवी बन्न सकिने उनको धारणा थियो । खान लाउन मुस्किल भएको बेला शिक्षा, स्वास्थ्य, सडक जस्तो पुर्वाधारका लागि दानपुन्य गरेर त्यसक्षेत्रको उद्धर गरेकोे सांसद मौनालीले बताए ।


कार्यक्रममा समाजसेवी योगेन्द्र राज गौतमका छोरा माधव गौतम, सुशील गौतम, अमोदमणि दीक्षित, बारागढि गाउँपालिकाका अध्यक्ष अशोक जैसवाल, स्थानीय समाजसेवि देवेन्द्र चौधरी, प्रभु दास, कुलमनि चौधरी, राजाराम साह, अशोक साह लगायतको उपस्थिति रहेको थियोे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.