logo

वीरगंज रात्रीकालीन बजार तर्फ जादै ,फागुन १२ र १३ गते रात्री सांस्कृतिक तथा खाना महोत्सव हुने

      २०७९ फागुन ४ गते ०५: ५१ मा प्रकाशित     669   पटक पढिएको

वीरगन्ज, । फागुन १२ र १३ गते वीरगन्जमा रात्री सांस्कृतिक तथा खाना महोत्सव लाग्ने भएको छ ।वीरगंज कलेजले आफ्नो स्थापनाको दसौं वर्षको उपलक्ष्यमा कलेजले रात्री सांस्कृतिक तथा खाना महोत्सवको आयोजना गरेको हो ।

 

 

वीरगंजमा रात्रीकालीन बजारको अवधारणालाई परिक्षण गर्ने मेलाको उद्धेश्य रहेको छ । वीरगंजका होटेल तथा पर्यटन ब्यवसायीले रात्रीकालीन समयमा बजार खुला राख्न माग गर्दै बिभिन्न निकायमा केही समय अगाडि ज्ञापन पत्र बुझाएका थिए ।

 

रात्रीकालीन सास्कृतिक कार्यक्रम तथा खाना महोत्सवलाई वीरगंज महानगरपालिकाले पनि सघाउने भएको छ । फाल्गुण १२ गते शुक्रबारदेखि फाल्गुण १३ गते शनिवारसम्म बेलुका ३ः०० बजेदेखि राति १०ः०० बजेसम्म महोत्सव संचालन हुने कलेजका अध्यक्ष डा.दीपेन्द्र चौधरीले जानकारी दिए ।

 

घण्टाघरभन्दा उत्तर तथा आर्मी ब्यारेकभन्दा पश्चिमतर्फ रहेको बी.पी. उद्यानको फुटपाथमा मेला लाग्ने भएको हो । कलेजका अध्यक्ष डाक्टर दिपेन्द्र कुमार चौधरीले बिहीबार कलेजमा पत्रकार सम्मेलनको आयोजना गरेर मेला बारेमा जानकारी दिएका हुन ।

 

विद्यार्थीहरुमा सिक्दै जाऔ“ कमाउदै जाऔ“को अवधारणा विकास गर्न । वीरगंज महानगरपालिकाको रात्री बजारको अवधारणा साकार पार्न, नेपाल सरकारको स्टार्टअपको अवधारणालाई साकार पार्न, बारा पर्साको लोक सांस्कृतिक तथा परम्परागत खानाको प्रवद्र्धन गर्न मेला आयोजना गर्न लागिएको डाक्टर चौधरीले बताए ।

 

रात्री सांस्कृतिक तथा खाना मेलामा आयोजनाका लागि लाग्ने खर्चको श्रोत कलेजको अतिरिक्त क्रियाकलाप कोष, मुख्य प्रायोजक, प्रायोजकहरु तथा सह प्रायोजकहरु रहेको डा. चौधरीले बताए । मेलामा २५ वटाभन्दा बढी स्टलहरु रहनेछ ।

 

स्टलहरु बिद्यार्थीहरुको बिभिन्न समूहलाई दिइने र उक्त स्टलहरुमा बिद्यार्थीहरुले विभिन्न परिकारका स्वादिलो खाना विक्री वितरण गर्नेछन् । बिक्रीबाट प्राप्त भएको आय बिद्यार्थीहरुको नै हुने पनि डाक्टर चौधरीले बताए । स्टल बापतको बिद्यार्थीहरुसंग कलेजले कुनै शुल्क लिएको छैन ।

 

मेलालाई मनोरञ्जनपूर्ण बनाउनका लागि प्रख्यात भोजपुरी गायक सुनिल पण्डितको प्रस्तुतीको साथै कलेजकै विद्यार्थी तथा पूर्व विद्यार्थीहरुले प्रस्तुती दिनेछन् । विद्यार्थीहरुले सिकेको सीपलाई व्यावहारिक रुपमा लागू गर्न “रात्री सांस्कृतिक तथा खाना मेला” आयोजना गर्न लागिएको जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.