logo

वीरगंज रात्रीकालीन बजार तर्फ जादै ,फागुन १२ र १३ गते रात्री सांस्कृतिक तथा खाना महोत्सव हुने

      २०७९ फागुन ४ गते ०५: ५१ मा प्रकाशित     536   पटक पढिएको

वीरगन्ज, । फागुन १२ र १३ गते वीरगन्जमा रात्री सांस्कृतिक तथा खाना महोत्सव लाग्ने भएको छ ।वीरगंज कलेजले आफ्नो स्थापनाको दसौं वर्षको उपलक्ष्यमा कलेजले रात्री सांस्कृतिक तथा खाना महोत्सवको आयोजना गरेको हो ।

 

 

वीरगंजमा रात्रीकालीन बजारको अवधारणालाई परिक्षण गर्ने मेलाको उद्धेश्य रहेको छ । वीरगंजका होटेल तथा पर्यटन ब्यवसायीले रात्रीकालीन समयमा बजार खुला राख्न माग गर्दै बिभिन्न निकायमा केही समय अगाडि ज्ञापन पत्र बुझाएका थिए ।

 

रात्रीकालीन सास्कृतिक कार्यक्रम तथा खाना महोत्सवलाई वीरगंज महानगरपालिकाले पनि सघाउने भएको छ । फाल्गुण १२ गते शुक्रबारदेखि फाल्गुण १३ गते शनिवारसम्म बेलुका ३ः०० बजेदेखि राति १०ः०० बजेसम्म महोत्सव संचालन हुने कलेजका अध्यक्ष डा.दीपेन्द्र चौधरीले जानकारी दिए ।

 

घण्टाघरभन्दा उत्तर तथा आर्मी ब्यारेकभन्दा पश्चिमतर्फ रहेको बी.पी. उद्यानको फुटपाथमा मेला लाग्ने भएको हो । कलेजका अध्यक्ष डाक्टर दिपेन्द्र कुमार चौधरीले बिहीबार कलेजमा पत्रकार सम्मेलनको आयोजना गरेर मेला बारेमा जानकारी दिएका हुन ।

 

विद्यार्थीहरुमा सिक्दै जाऔ“ कमाउदै जाऔ“को अवधारणा विकास गर्न । वीरगंज महानगरपालिकाको रात्री बजारको अवधारणा साकार पार्न, नेपाल सरकारको स्टार्टअपको अवधारणालाई साकार पार्न, बारा पर्साको लोक सांस्कृतिक तथा परम्परागत खानाको प्रवद्र्धन गर्न मेला आयोजना गर्न लागिएको डाक्टर चौधरीले बताए ।

 

रात्री सांस्कृतिक तथा खाना मेलामा आयोजनाका लागि लाग्ने खर्चको श्रोत कलेजको अतिरिक्त क्रियाकलाप कोष, मुख्य प्रायोजक, प्रायोजकहरु तथा सह प्रायोजकहरु रहेको डा. चौधरीले बताए । मेलामा २५ वटाभन्दा बढी स्टलहरु रहनेछ ।

 

स्टलहरु बिद्यार्थीहरुको बिभिन्न समूहलाई दिइने र उक्त स्टलहरुमा बिद्यार्थीहरुले विभिन्न परिकारका स्वादिलो खाना विक्री वितरण गर्नेछन् । बिक्रीबाट प्राप्त भएको आय बिद्यार्थीहरुको नै हुने पनि डाक्टर चौधरीले बताए । स्टल बापतको बिद्यार्थीहरुसंग कलेजले कुनै शुल्क लिएको छैन ।

 

मेलालाई मनोरञ्जनपूर्ण बनाउनका लागि प्रख्यात भोजपुरी गायक सुनिल पण्डितको प्रस्तुतीको साथै कलेजकै विद्यार्थी तथा पूर्व विद्यार्थीहरुले प्रस्तुती दिनेछन् । विद्यार्थीहरुले सिकेको सीपलाई व्यावहारिक रुपमा लागू गर्न “रात्री सांस्कृतिक तथा खाना मेला” आयोजना गर्न लागिएको जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.