logo

गोतामे स्वर्णपदक पत्रकार झालाई, प्रतिष्ठानलाई दशलाख दिने महानगरप्रमुख सिंहको घोषणा 

 इसीमाना सम्वाददाता     २०७९ फागुन २ गते ०६: ३० मा प्रकाशित     417   पटक पढिएको

वीरगंज, यसवर्षको गोतामे पत्रकारिता स्वणर्पदक नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्षसमेत रहेकी पत्रकार मनिका झालाई प्रदान गरिएको छ ।

 

मंगलवार वीरगंज महानगर –१५ स्थित ज्येष्ठ नागरिक पार्कको सभाहलमा आयोजीत कार्यक्रममा वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले पत्रकार झालाई स्वर्ण पदकले पुरस्कृत गरेका हुन ।

 

  पत्रकार गोपालचन्द्र गौत्तमले नेपाली पत्रकारितामा दिनु भएको योगदानलाई चीस्थायी राख्न वीरगंजका पत्रकारहरुले पत्रकार गोपाल चन्द्र गौतम प्रतिष्ठानको स्थापना गरेर उपत्यका बारिहबाट जनपक्षीय पत्रकारितामा योगदान दिनेहरुलाई पुरस्कृत गर्दै आएको छ । 

 

नगद राशीबाट शुरु भएको पुरस्कार केही वर्ष देखी १ तोला सुनको पदकका (स्वर्ण पदक)को रुपमा प्रदान गर्दै आएको प्रतिष्ठानले जनाएको छ । पुरस्कातर बितरण समारोहलाई सम्बोधन गर्दै महानगरप्रमुख सिंहले प्रतिष्ठाको कोषलाई आत्मनिर्भर बनाउन महानगरको तर्फबाट दशलाख रुपैया उपलब्ध गराउने घोषणा गरेका छन ।

 

सिंहले वीरगंजको नामलाई नेपाली पत्रकािरता मार्फत देशभर उच्च राख्ने काम गर्नु भएका पत्रकार गौतमको सम्मान गर्दै उहाँको नाममा सडकको नामाकरण र उनको प्रतिमूर्ती बनाउनु पर्ने धारणा ब्यक्त गरे ।

 

सिंहले वीरगंजको ख्यातीमा योगदान दिनेहरुको नाममा म्युजियम बनाउने र उनीहरुको योगदान नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बतावरण बनाउन आवश्यक रहेको बताए । कार्यक्रममा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी , नेपाल पत्रकार महासङ्घका पुर्व उपाध्यक्ष महेश दास , नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारी , पुरस्कृत व्यक्तित्व पत्रकार मनिका झा , प्रतिष्ठानका उपाध्यक्ष चन्द्रकिशोर झाले मन्तब्य ब्यक्त गरेका थिए । 

 

प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्मालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सदस्य प्रताप श्रेष्ठले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.