logo

गोतामे स्वर्णपदक पत्रकार झालाई, प्रतिष्ठानलाई दशलाख दिने महानगरप्रमुख सिंहको घोषणा 

 इसीमाना सम्वाददाता     २०७९ फागुन २ गते ०६: ३० मा प्रकाशित     566   पटक पढिएको

वीरगंज, यसवर्षको गोतामे पत्रकारिता स्वणर्पदक नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्षसमेत रहेकी पत्रकार मनिका झालाई प्रदान गरिएको छ ।

 

मंगलवार वीरगंज महानगर –१५ स्थित ज्येष्ठ नागरिक पार्कको सभाहलमा आयोजीत कार्यक्रममा वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले पत्रकार झालाई स्वर्ण पदकले पुरस्कृत गरेका हुन ।

 

  पत्रकार गोपालचन्द्र गौत्तमले नेपाली पत्रकारितामा दिनु भएको योगदानलाई चीस्थायी राख्न वीरगंजका पत्रकारहरुले पत्रकार गोपाल चन्द्र गौतम प्रतिष्ठानको स्थापना गरेर उपत्यका बारिहबाट जनपक्षीय पत्रकारितामा योगदान दिनेहरुलाई पुरस्कृत गर्दै आएको छ । 

 

नगद राशीबाट शुरु भएको पुरस्कार केही वर्ष देखी १ तोला सुनको पदकका (स्वर्ण पदक)को रुपमा प्रदान गर्दै आएको प्रतिष्ठानले जनाएको छ । पुरस्कातर बितरण समारोहलाई सम्बोधन गर्दै महानगरप्रमुख सिंहले प्रतिष्ठाको कोषलाई आत्मनिर्भर बनाउन महानगरको तर्फबाट दशलाख रुपैया उपलब्ध गराउने घोषणा गरेका छन ।

 

सिंहले वीरगंजको नामलाई नेपाली पत्रकािरता मार्फत देशभर उच्च राख्ने काम गर्नु भएका पत्रकार गौतमको सम्मान गर्दै उहाँको नाममा सडकको नामाकरण र उनको प्रतिमूर्ती बनाउनु पर्ने धारणा ब्यक्त गरे ।

 

सिंहले वीरगंजको ख्यातीमा योगदान दिनेहरुको नाममा म्युजियम बनाउने र उनीहरुको योगदान नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बतावरण बनाउन आवश्यक रहेको बताए । कार्यक्रममा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी , नेपाल पत्रकार महासङ्घका पुर्व उपाध्यक्ष महेश दास , नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारी , पुरस्कृत व्यक्तित्व पत्रकार मनिका झा , प्रतिष्ठानका उपाध्यक्ष चन्द्रकिशोर झाले मन्तब्य ब्यक्त गरेका थिए । 

 

प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्मालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सदस्य प्रताप श्रेष्ठले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.