logo

बलुवामा गोढ समाजको बैठक सम्पन्न,थर सच्याउन निवेदन

 भगवानलाल कुर्मी     २०७९ माघ २१ गते ०७: ४३ मा प्रकाशित     633   पटक पढिएको

वीरगंज पर्साको कालिकामाई गाउपालिका वडा नम्बर ४ कट्टिबलुवामा गोढ समाजको बैठक सम्पन्न भएको छ । नेपाल गोढ समाज उत्थान समितिका अध्यक्ष सुनित साहको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

 

बैठकमा, समितिीले हाल सम्म गरेको कार्य प्रगतिको बारेमा अध्यक्ष साहले चर्चा गरेका थिए । साहले मधेशी आयोगले प्रकाशित गरेको पुस्तकमा गोढ समुदायको नाम ४२ औं नम्बरमा सुचिकृत गर्दा केहि थर छुट्न गएकोमा त्यसलाई सच्याउन निवेदन दिएको जानकारी गराएका थिए ।

 

उनले “गोढ र गोंड दुवै एउटै जाति भएको र मधेशी आयोगले प्रकाशित पुस्तकामा गोंड मात्र उल्लेख गरिएकोले भबिष्यमा नामको कारण समस्या आउन सक्ने भएकोले त्यसलाई सच्याउन निवेदन दिएको जानकारी दिए” ।

 

यसैगरी बैठकमा कोषाध्यक्ष प्रहलाद गुप्ताले समितिको आयव्ययको बारेमा जानकारी गराएका थिए भने पर्सा जिल्ला अध्यक्ष मनोज साहले संस्थाले हाल सम्म गरेका काम कारवाहीको बारे प्रस्ष्ट पारेका थिए ।

 

सो अवसरमा स्थानीय तहमा निर्वाचित कालिकामाई गाँउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष संजय साह ,पोखरीया नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष सोनालाल साह र स्वास्यथ्कर्मी प्रभास साहलाई सम्मानित गरिएको थियो । बैठकको सहजीकरण राकेश साहले गरेका थिए ।

 

बैठकमा पर्साका बिभिन्न गाँउका गोढ समुदायको अगुवा व्यक्तिहरुको उपस्थिति । बैठक वडा अध्यक्ष संजय साहको घरमा सम्पन्न भएको थियो । ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.