logo

यस वर्षको गोतामे पुरस्कार धनुषाकी पत्रकार झालाई दिइने

 इसीमाना सम्वाददाता     २०७९ माघ १६ गते ०८: ०४ मा प्रकाशित     441   पटक पढिएको

वीरगञ्ज । यसबर्षको ‘गोतामे’ पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ धनुषाकी अध्यक्ष एवं क्रियाशील पत्रकार मोनिका झालाई प्रदान गर्ने भएको छ ।

प्रतिष्ठानको आज बसेको बैठकले अन्नपूर्ण पोष्ट दैनिकको मधेश व्युरो प्रमुखका रुपमा कार्यरत पत्रकार मोनिका झालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

 

प्रतिष्ठानले समाजिक उत्तदायित्व अनुरूप अब्वल पत्रकारिता गर्ने एक जना पत्रकारलाई प्रत्येक वर्ष छनौट गरि एक तोला सुनको तक्मा “स्वर्णपदक” प्रदान गर्दै आईरहेको छ ।

बीरगन्जका पत्रकार स्व. गोपालचन्द्र गौतमको स्मृतिमा यो पुरस्कार स्थापना गरिएको हो । पुरस्कार आउने फागुन २ गते वितरण गरिने प्रतिष्ठानका अध्यक्ष जगदीश प्रसाद शर्माले जानकारी दिए ।

 

यो पुरस्कारबाट यस अघि पत्रकारहरु प्रताप बिष्ट, मोघराज शर्मा,डि.आर.घिमिरे, भोला पासवान , बैद्यनाथ झा, स्व.शिवहरी भट्टराई लगायतका पत्रकारहरु पुरस्कृत भएका छन ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

घर बहाल करका बिषयमा महानगर र घरधनीवीच छलफल, कर नतिरे सम्पूर्ण सेवा सुविधा बन्द गरिने चेतावनी

वीरगंज । रगंज महानगरपालिकाले महानगरको आम्दानी सुनिचत गर्नकालागि महाानगरका नागरिकलाई करको दायरामा आउन अपिल गरेको छ ।

रेबिज लागेर चितवनको इच्छाकामनाका  प्रजाको मृत्यु

चितवन । रेबिज लागेर चितवनको इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.