logo

प्रेस सेन्टरको स्थापना दिवस ,दुई महिला सहित पचपन्नजनाढारा रक्तदान

      २०७९ माघ १५ गते ०८: ४३ मा प्रकाशित     427   पटक पढिएको

वीरगन्ज, । नेकपा माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेण्टर नेपालको १९ औं स्थापना दिवसको अवसरमा वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदानमा दुई महिला सहित ५५ जनाले रक्तदान गरेका छन् ।

रक्तदान गर्नेहरूमा उषा उप्रेती, संतोष पौडेल, उज्जवल पौडेल, सरिता देवी घिमिरे, नीरज पिठाकोटे मगर, ईश्वर राना मगर, दिलिपराज कार्की, महेश सिंह धामी, सब्दर हुसैन, आनन्द कुमार साह, आनन्द अधिकारी, अमिताभबच्चन दास, प्रवीण यादव, विकेस पटेल, अशोक संग्रौला अर्जुन गुप्ता, अनिल साह लगायत ५५ जना रहेका छन् ।

संतोष पौडेल, उषा उप्रेती र उज्जवल पौडेल श्रीमान श्रीमती र छोरा गरी एकै परिवारका हुन् । सेण्टरका जिल्ला अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सेण्टरका केन्द्रीय उपाध्यक्ष गोविन्द देवकोटा, रेडक्रस सासाईटी पर्साकी उपसभापति मधु राणा र ब्लड डोनर्स एशोसोसिएसन पर्साका सचिव अरविन्द सिंहले रक्तदाताहरूलाई ब्लड ब्याग हस्तान्तरण गरेर उदघाटन गरेका थिए ।

कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक कोमल शाह, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, सदस्य के.सी. लामिछाने, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक विशाल मल्ल, सशस्त्र प्रहरी निरिक्षक रबिन्द्र भट्ट, नेकपा माओवादी केन्द्रका नेताहरु कमल बहादुर पिठाकोटे मगर, सरिफ गद्दी, वाईसियलका केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज गौरव संतोष पटेल, पर्सा अध्यक्ष दिपेन्द्र सिंह पटेल, विद्यार्थी नेता विवेक साह, कालिकामाई गाउँपालिका सचिव इशक कुमार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सेण्टरका जिल्ला सचिव शिवनाथ यादवले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.