logo

नर्सिङ्ग दिवसको उपलक्ष्यमा नवजात शिशुको पूर्नजीवन तालीम सम्पन्न

      २०७९ माघ १५ गते ०८: २१ मा प्रकाशित     446   पटक पढिएको

वीरगंज /नेपाल नर्सिङ्ग दिवसको उपलक्ष्यमा नर्सहरुलाई नवजात शिशुको उपचार तालीम नेपाल नर्सिङ्ग दिवसको उपलक्ष्यमा वीरगंजका करिब ४० जना नर्सहरु नवजात शिशुको पूर्नजीवन तालीममा सहभागी भए ।

 


नेपाल मेडिसिटी बयोधा अस्पतालले नेपाल नर्सिङ्ग दिवसको उपलक्ष्यमा आयोजना गरेको तालिममा नेशनल मेडिकल टिचिङ्ग हस्पिटलकी नर्सिङ्ग निर्देशक श्रीमती गंगा गुरुङ्ग प्रमुखले नर्सहरु भनेको अस्पतालको मेरुदण्ड भएको बताइन । नर्सहरुले आफ्नो ज्ञान र सीपलाई अभिबृद्धि गर्दै अस्पतालहरुमा दीगो सेवालाई प्रत्याभूत गर्न आवश्यक रहेको पनि उनले बताइन ।


कार्यक्रममा वीरगंज नर्सिङ्ग क्याम्पसकी प्रमुख जमुना भट्टराईले नेपालमा जेष्ठ नागरीकहरुको संख्या बृद्धि भईरहेकोले नर्सहरु तथा अस्पतालहरुले पनि जेष्ठ नागरिकहरुको उपचारमा अझ बढी ध्यान दिनुपर्ने बताइन ।

 

नर्सहरुको सेवा, सुविधा तथा
जीवनयापनका लागि पर्याप्त पारिश्रमिकको ब्यवस्था अस्पतालहरुले गरेको खण्डमा नर्सहरुको कार्यकुशलतामा अभिबृद्धि हुने उनको तर्क थियो ।

 

नेपाल मेडिसिटी बयोधा अस्पतालले नर्सहरुको ज्ञान र सीपलाई अभिबृद्धि गर्न नियमित रुपमा तालीमहरुको ब्यवस्था गरिरहेको र स्वास्थ्यका अधिकांश सेवाहरुलाई वीरगंजमै उपलब्ध गराईरहेकोले सम्पूर्ण उपचार अब वीरगंजमै सम्भव बनाउन आफूहरु लागीपरेको नेपाल मेडिसिटी बयोधा अस्पतालका प्रमुख विजय रिमालले बताए ।

 

आफूहरुले बिरगंजका सबै अस्पतालहरुसंग सहकार्य गरेर वीरामीहरुलाई प्राथमिक, माध्यमिक र विशिष्ट सेवा वीरगंजमै उपलब्ध गराउने प्रयास गरिरहेकोले अब उपचारका लागि अन्यत्र जाने अवस्था न्यून हुने बताए ।

 

कार्यक्रममा नेपाल मेडिसिटी बयोधा अस्पतालको बालरोग विशेषज्ञ डा. आनन्द रौनियार, डेपुटी नर्सिङ्ग सुपरिन्टेन्डेण्ट विद्या गुप्ता, एसिस्टेन्ट नर्सिङ्ग सुपरिन्टेन्डेण्ट रविन्द्र कानुले नर्सहरुलाई प्रशिक्षण दिनु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.