logo

ग्लोवल कलेजमा शैक्षीक प्रर्दशनी तथा सांस्कृति झाँकी प्रर्दशन, ब्यवहारिक ज्ञानले बिद्यार्थीलाई फाइदा पुग्ने

 इसीमाना सम्वाददाता     २०७९ माघ ७ गते ०८: ०९ मा प्रकाशित     1235   पटक पढिएको

वीरगंजमा रहेको ग्लोवल बिजनेश कलेजले ब्यवस्थापन बिषयमा शैक्षिक प्रदर्शनी समपन्न गरेको छ । कलेजले आयोजना गरेको शैक्षीक प्रर्दशनीको यो तेश्रो श्रृखंला  हो ।


वीरगंजको ग्लोबल विजनेश कलेजको आयोजनामा आयोजित वृहत व्यवस्थापन संकायका विषयवस्तु समेटिएको शैक्षिक प्रदर्शनी समपन्न भएको हो ।


११ र १२ कक्षाका विद्यार्थीहरुको सहभागितामा विभिन्न विषय वस्तु समावेश गरी प्रदर्शनी गरिएको थियो ।

No description available.
व्यवस्थापन भन्नाले लिने र दिने मात्र नभई यसभित्र थुप्रै विषयवस्तु भएकाले सहभागि विद्यार्थीहरुले शैक्षिक संस्था व्यवस्थीत, औधोगिक क्षेत्रमा प्रशोधन केन्द्र, वतावरणीय प्रभावको मूल्याकन, बिपद ब्यवस्थापनको आवश्यक तयारी, उत्पादनकाको लागत, बजारीकरण कर ।

 

उपभोक्ता सम्मको ब्ययभार र नाफा, कम्पनीमा ट्रायल व्यालेन्स र समाजमा रहेको नवरात्रीको बिषयमा प्र्रदशनी तथा झाँकी प्रस्तुत गरेका थिए । बिद्यार्थीले विभिन्न बैंकहरुले प्रदान गर्ने कर्जा त्यसको सहुलियत र साहु महाजनबाट कर्जा लिदा उत्पन्न हुने समस्याका बारेमा लघु नाटक मार्फत प्रर्दशन गरेका थिए ।

No description available.

कार्यक्रममा मधेश बिश्व बिद्यालयका उपकुलपती प्रा.डा. दीपक शाक्यले समाजको बिकासमा शिक्षाको महत्व अत्यधिक रहेको चर्चा गर्दै वीरगंजमा अध्ययनरत सबै बिद्यार्थीलाई राम्रो शिक्षा दिन आवश्यक रहेको बताए । उनले शैक्षीक प्रर्दशनीले बिद्यार्थीको शिकाई प्रक्रियामा सकारात्मक प्रभाव पानेृ बताए ।

नेकपा एमालेका केन्द्रीय सदस्य अरविन्द कुमार सिंहले प्रर्दशनी शान्दार रहेको बताए । उनले केही कमजोरी भएपनि प्रर्दशनी तारिफेकाविल रहेको बताए।

 

उनले किताबी ज्ञान भन्दा बाहिरको ज्ञान कुनैपनी शैक्षिक संस्थामा अति आवश्यक भएकाले कलेजको अतिरिक्त कार्यक्रम अन्तर्गत शैक्षिक प्रदर्शनी गरिएको भन्दै उनले खुशी ब्यक्त गरे ।

प्रदर्शनी अवलोकनकर्ता नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य के.सी.लामिछानेले कमर्स क्याम्पसमा प्रदर्शनी हुनु आफैमा फरक विषय रहेको बताउनु भयो ।


औधोगिक तथा व्यापारीक शहरमा थुप्रै उधोगहरु छन् जहाँ एउटापनी उधोगले वाटर ट्रिटमेन्ट प्लान्ट लगाएका छैनन् तर यहाँका विद्यार्थीहरुले त्यसको आवश्यक्ता बुझेर प्रदर्शनीमा राखेको उनले टिप्पणी गरे । प्रदर्शनीमा ब्यवस्थापन कला सीप र क्षमता देखिएको उनले बताए । कलेजमा बिद्यार्थी फरक समुदायवाट अध्धयनकालागि आएका छन ,बिविधता छ यस्तोमा सबै खालको संसकृतिलाई बुझने अवसर कलेजले प्रदान गरेर संस्कति आदान प्रदानको दुतको रुपमा कलेजले काम गरेको उनले बताए । देशको भूगोल जनजीवन त्यसको सवल र कमजोर पक्षका बारेमा बिद्यार्थीले बुझ्ने गरि प्रर्दशनीको ब्यवस्थापन गरिएकोमा कलेज र बिद्यार्थीको प्रशंसा गर्नु पर्ने उनले बताए ।

No description available.
बदलिदो परिवेशमा व्यवहारिक शिक्षाले नै विद्यार्थीहरुलाई दक्ष र सिपमुलक बनाई समाजमा जिवन यापन गर्नकोलागि यस्ता कार्यक्रमले सक्षम बनाउने कलेजका संचालक ओम प्रकाश श्रेष्ठले बताए ।

 

यसैगरी अर्का संचालक अशोक सरार्फले अबको शिक्षा किताब भन्दा बाहिर आउनुपर्ने बताए । कार्यक्रममा एन ब्यापसनका जिल्ला अध्यक्ष राम श्रेष्ठ, नन्दन यादव ,डा. मनोज गुप्ता मधेश बिश्व बिद्यालयका सिनेटर डा. लक्ष्मी थापा, डा. अशोक दास निभा दास, वीरगंज सामुदायिक आँखा केन्द्रका संयोजक महेश सिंह धामी दिलिप राज कार्की, महेश सिंह धामी, लगायतको सहभागिता रहेको कलेजका संचालक श्रीराम दासले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.