logo

मानव बेचबिखनको आरोपमा तीन जान गिरफ्तार

 इसीमाना सम्वाददाता     २०७९ पौष २६ गते ०७: १० मा प्रकाशित     490   पटक पढिएको

२५ वर्षिय महिलालाई बेचबिखनको आरोप लागेका महोत्तरी जिल्ला गौशाला नगरपालिका वडा –१ भरतपुर टोलका ३७ वर्षिय रमेश श्रेष्ठ, वीरगंज महानगरपालिका वडा नं ८ गहवा बस्ने ५४ वर्षिय अनिल कुमार अरोरा र लमजुङ जिल्ला राइनास नगरपालिका वडा नं ४ सातबिसे बजारका ३२ वर्षिय डोलनाथ कट्टेललाई पर्सा प्रहरीले ०७९ पुष २५ गते वीरगंजको होटेल रानीपोखरीवबाट गिरफ्तार गरेको छ ।

 


बारा जिल्लाको जीतपुर सीमरा उपमहानगरपालिका वडा नं १६ श्रीपुर निवासी २५ वर्षिय ति महिलालाई होटेलका म्यानेजर अरोरा र कुकको काम गर्ने श्रेष्ठले पैसा दिन प्रोभन देखाई कट्टेलका निम्ति खरिद गरेको पीडितले आफनो जाहेरीमा उल्लेख गरेकी छिन ।

 

प्रतिवादी बिरुद्ध जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखनमा मुद्धा दर्ता गरि अनुसन्धान शुरु गरेको छ । पीडित महिलाले जिल्ला प्रहरी कार्यालय पर्सामा ०७९ पुष २४ मै उजुरी दिएकी थिइन ।

 

जिल्ला प्रहरी कार्यालय पर्साले पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइ अवश्यक अनुसन्धान गरिहरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपक गिरीले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.