logo

वीरगञ्ज पब्लिक कलेजको वार्षिकउत्सवमा भब्य कार्यक्रमको आयोजना,बिभिन्न बिद्याका बिजयीहरु पुरस्कृत

 इसीमाना सम्बाददाता      २०७९ पौष २४ गते ०६: १८ मा प्रकाशित     493   पटक पढिएको

वीरगञ्ज पब्लिक कलेजले आफनो वार्षिकउत्सवको अवसरमा आयोजना गरेको नृत्य तथा गायन प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आइतवार सम्पन्न गरेको छ । यो संगै द्वारा आयोजित पुष १२ गतेदेखि शुरु भएको आउटडोर तथा इन्डोर खेलका बिजयी खेलाडीहरुलाई पदक बितरण गरेको छ ।No description available.

क्याम्पसका अध्यक्ष संकल्प शाक्यको अध्यक्षतामा आयोजना गरिएको समारोहमा मधेश बिश्वबिद्यालयका उपकुलपती डा. दीपक शाक्यले आजको युग सुहाउदो जनशक्ति उत्पादनमा कलेजले ध्यान दिएको बताए । उनले कितावी ज्ञान भन्दा बाहिर अतिरिक्त क्रियाकलापमा बिद्यार्थीको सहभागिताले मात्र समाज चिन्ने बुझ्ने अवसर प्राप्त हुने बताए ।

 

उनले वीरगंजका कलेजहरुलाई प्रतियोगितात्मक अतिरिक्त क्रियाकलाप मिलेर संचालन गर्न आवहान गरे । त्यस्तै डा. बिश्वम्भर शर्माले ब्यवहारिक ज्ञानको माध्यमले नै बिद्यार्थीमा प्रतिस्पर्धात्मक क्षमता र भावनाको बिकास हुने बताए ।

No description available.

डा. सुष्मा तिवारीले आजको बिद्यार्थीले भोली समाजको बिभिन्न क्षेत्रमा नेतृत्व गरेर आफनो समाज र कलेजको नाम उच्च राख्ने शुभकामना दिइन । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले समाजको स्तरीकरणको यो चरणमा बिद्यार्थीहरुले पनि खुला रुपमा सोच्ने र आजको आवश्यकतालाई पुरा गर्ने गरि आफूलाई तयार पार्न सुझाव दिए ।

No description available.

 

उनले बिपिसी वीरगंजको शिक्षाको बिकासमा एउटा पहिलो स्तम्भको रुपमा रहेको स्मरण गर्दै समाज र राष्ट्रको नेतृत्व गर्ने जनशक्ति उत्पादनमा योगदान दिएको भन्दै प्रशंसा गरे । कलेजले हरेक वर्ष पुष महिनाको दोस्रो हप्तादेखि आयोजना गर्ने विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमका बिजयीहरुलाई आज समापन समारोहका बिच पुरस्कृत गरिएको छ ।

No description available.

क्रिकेट, फुटबल, बास्केट बल, कबड्डी, चित्रकला, वक्तृत्वकला, गायन, नृत्य लगायतका १६ वटा प्रतियोगितामा ७ सय ६० जना विद्यार्थीको प्रत्यक्ष सहभागिता रहेको थियो ।
विद्यार्थीहरुको पढाईसँगै सर्वाङ्गीन विकासका लागि टेवा पुग्ने अभिप्रायले हरेक वर्ष अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सहभागि बनाउने गरिएको कलेजका संयोजक बासुदेव कर्णले बताए ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांगितीक प्रस्तुतीसमेत प्रस्तुत गरेका थिए ।कार्यक्रमको संचालन कलेजका इन्टरप्योनरसिप र आइटी क्लबवका छात्र छात्राहरुले ब्यवस्थापन गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

चन्द्रपुरमा बसमा आगलागी, यात्रु सबै सुरक्षित

चन्द्रपुर। आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–४ लच्का नजिकै काठमाडौँबाट चन्द्रनिगाहपुर आउँदै गरेको प्र.२–०३–००१ ख ५५५५ नम्बरको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.