logo

भ्रष्टाचार गरेको आरोपमा उभोक्ता समिति सहित प्रमुख प्रशासकीय अधिकृत बिरुद्ध बिशेष अदालतमा मुद्धा दायर

 इसीमाना सम्वाददाता     २०७९ पौष १५ गते ०९: १० मा प्रकाशित     348   पटक पढिएको

मन्दिर निर्माणका क्रममा भ्रष्ट्राचार गरेको भन्दै सर्लाहीको कविलासी नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत श्यामकिशोर राय, इन्जिनियर रामविनय प्रसाद यादव विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।


कविलासी नगरपालिका–८ स्थिति रामजानकी मन्दिर निर्माणका क्रममा नभएको काम भएको भनेर उपभोक्ता समितिलाई ९७ हजार ८४० रुपैयाँ बढी भुक्तानी दिएको अख्तियारको दावी छ ।


फिल्डमा कम काम हुँदा पनि बढी काम भएको भनेर मूल्यांकन गरेको र ९७ हजार ८४० रुपैयाँ बढी भुक्तानी दिएको देखिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।

अख्तियारले सब इन्जिनियर उमेशकुमार दास, उपभोक्ता समितिका अध्यक्ष रामभरोसी मण्डल धानुक, सचिव बालमेश्वर साह कलवार र कोषाध्यक्ष रीनाकुमारी विरुद्ध पनि भ्रष्ट्राचार मुद्दा दायर गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

घर बहाल करका बिषयमा महानगर र घरधनीवीच छलफल, कर नतिरे सम्पूर्ण सेवा सुविधा बन्द गरिने चेतावनी

वीरगंज । रगंज महानगरपालिकाले महानगरको आम्दानी सुनिचत गर्नकालागि महाानगरका नागरिकलाई करको दायरामा आउन अपिल गरेको छ ।

रेबिज लागेर चितवनको इच्छाकामनाका  प्रजाको मृत्यु

चितवन । रेबिज लागेर चितवनको इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.