logo

इन्सेक वर्ष पुस्तकको वार्षिक समक्षिा गोष्ठी सम्पन्न ,मानव अधिकार उल्लघंनका ६४ घटना अभिलेख

 इसीमाना सम्वाददाता     २०७९ पौष ५ गते १२: ५० मा प्रकाशित     534   पटक पढिएको

इन्सेक पर्साकोको अयोजनामा पुस ५ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम बीरगंजमा घोराहीमा सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि के।सी।लामिछानेले पर्सा जिल्लामा सन् २०२२ को जनवरीदेखि हालसम्म अभिलेख गरेका घटनाहरू प्रस्तुत गर्नु भएको थियो ।

प्रस्तुत घटनामा ६४ ओटा मानव अधिकार सम्बन्धी घटना रहेका छन । जस मध्ये १८ वर्ष भन्दा कम उमेरका वालिका बलात्कारको घटना २४ वटा बलात्कार प्रयासका २ वटा, बेचबिखनका ५ वटा ,कथित बोक्सी आरोपका २ वटा,बुहविाहका १२ वटा,१८ वर्ष भन्दा माथिको उमेरका महिलाको बलात्कारका ९ वटा बलात्कार प्रयास ३ वटा, कुटपीटको १ वटा ,यौन दूब्र्यहारका ३ वटा र कार्तब्य ज्यानका ३ वटा घटनाहरु रहेका छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बलात्कार लगायतका घटनाहरु धेरै देखिएको बताउदै काूनीन कारावाही र सचेतनाको माध्यमबाट यो खाले अपराधको न्यूनकीरणमा जोड दिनु पर्ने बताउनु भयो ।

 

उहाँले राज्यले नागरिककालागि दिन गरेका प्रतिवद्धताहरुको आपूर्तीमा आफूहरु सचेत रहेको बताउदै प्रदेश सरकार मातहत रहेका कार्यालयहरुको ब्यवस्थापनमा ध्यान दिनु पर्ने सुझाव दिनु भयो ।

 

उहाँले उपभोक्ताका अधिकारको संरक्षणमा पनि ध्यान दिन आवश्यक रहेको बताउदै त्यसकोलागि स्थान्ीय तहको क्षमता अभिबृद्धिमा ध्यान दिनु पर्ने बताउनु भयो ।

उहाँले इन्सेकले तथ्यमा आधारित रहेर वर्ष पुस्तक प्रकाशन गर्दै आएको र त्यसले देशको मानव अधिकारको अवस्थाको सही चित्रण गर्ने बताउन भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले वर्ष पुस्तकले सुशासन र समृद्ध समाज निर्माणमा भूमिका खेलेको बताउनु भयो । उहाँले आर्थिक तथा समाजिक अधिकारको उल्लंघनको बिषयलाई पनि डाटाबेसमा राख्नेगरि ब्यवस्थापन गर्न इन्सेकलाई आग्रह गर्नु भयो ।

सामुदायिक रेडियो प्रशारक संघका निर्वतमान महासचिव गोविन्द देवकोटाले प्रत्येक नागरिकले खाद्यान्न, स्वास्थ्य, शिक्षा लागयतका अधिकारहरू राज्यबाट पाउनु पर्ने कुरालाई ब्यवहारमा उतार्ने वतावरण बनाउन इन्सेकको अभियानले योगदान गरेको बताउनु भयो ।

 

उहाँले मानव अधिकार उपभोगको वतावरण बनाउनकालागि राज्यका निकायहरु जिम्मेवार र जवाफदेह नभएको गुनासो गर्नु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले इन्सेकले सार्वजनीक गरेको प्रतिवेदनले समाज कता जादै छ भन्ने कुराको चित्रण गरेको बताउनु भयो । कानूनी प्रवन्धहरुको दुरुपयोग भएको प्रति पनि चासो राखीनु पर्ने उहाँको कथन थियो ।


त्इसतै आशमोहिनी चौधरीले बलात्कारमा केटालै झै केटीलाई कारवाही किन हुदैन भन्ने प्रश्न गर्दै दुबे पक्ष दण्डको दायारमा आउनु पर्ने बिचार राख्नु भयो
मानव अधिकार निगरानी समुह पर्साका संयोजक तवरे अहमदको अध्यक्षतामा सम्पन्न समिक्षाका गोष्ठीमा संचारकर्मीहरुले बिभिन्न जिज्ञासा राखेका थिए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

चन्द्रपुरमा बसमा आगलागी, यात्रु सबै सुरक्षित

चन्द्रपुर। आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–४ लच्का नजिकै काठमाडौँबाट चन्द्रनिगाहपुर आउँदै गरेको प्र.२–०३–००१ ख ५५५५ नम्बरको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.