logo

मधेशी समुदायको सूचीबाट थारु र मुस्लिम हटाउने आयोगको निर्णय

 इसीमाना सम्वाददाता     २०७९ मंसिर २७ गते ०६: ५३ मा प्रकाशित     531   पटक पढिएको

थारु र मुस्लिमलाई मधेशीमा सूचीकृत गर्न सिफारिश गरेको मधेशी आयोगले अन्तत थारु र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने निर्णय गरेको छ ।

नेपालमा मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन २०७८ मा उपसमूह १ मा रहेको थारु र २ मा रहेको मुस्लिमलाई हटाउने निर्णय गरेको आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले बताए । ०७९ मंसीर २० बसेको बैठकले यस्तो निर्णय गरेको डा. दत्तले बताए ।


मधेशी आयोगले गरेको निर्णय कार्यान्वयनको लागि आयोगकी उपसचिव सबिता डङ्गोलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पनि पठाएकी छन् ।


थारु र मुस्लिम समुदायका विभिन्न संघ(संगठनहरुले थारु र मुस्लिम समुदायको छुटै पहिचान र सभ्यता रहेको र मधेशी समुदायसँग नमिल्ने भएकोले मधेशी क्लस्टरमा आफूहरूलाई नराख्न मधेशी आयोगमा उजुरी दिएका थिए ।

आयोगका अध्यक्ष डा.दत्तका अनुसार उक्त उजुरीमाथि आयोगले निर्णय लिँदै थारु र मुस्लिमलाई मधेशीबाट हटाउने निर्णय गरेको हो ।

मधेशी आयोगले २०७८ ७९ को वार्षिक प्रतिवेदन मार्फत राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष थारु र मुस्लिम सहित १४९ जातलाई मधेशीको रूपमा सिफारिस गरेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

घर बहाल करका बिषयमा महानगर र घरधनीवीच छलफल, कर नतिरे सम्पूर्ण सेवा सुविधा बन्द गरिने चेतावनी

वीरगंज । रगंज महानगरपालिकाले महानगरको आम्दानी सुनिचत गर्नकालागि महाानगरका नागरिकलाई करको दायरामा आउन अपिल गरेको छ ।

रेबिज लागेर चितवनको इच्छाकामनाका  प्रजाको मृत्यु

चितवन । रेबिज लागेर चितवनको इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.