logo

प्रहरी महानीरिक्षकद्वयको भब्य स्वागत, पर्यटन प्रहरीका लागि आवश्यक सवारी साधन उपलब्ध गराउन माँग

 इसीमाना सम्वाददाता     २०७९ मंसिर २७ गते ०६: ४१ मा प्रकाशित     450   पटक पढिएको

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई वीरगञ्ज उद्योग वाणिज्य सङ्घले मंगलवार सङ्घकै बैठक कक्षमा स्वागत गर्दै बिभिन्न बिषयमा छलफल गरेको छ ।


सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकहरु वीरगंज भ्रमण पर्सा बाराकोलागि बहुआयामिक महत्वको रहेको बताए ।

 

डा. गुप्ताले वीरगञ्ज पर्सा बारा क्षेत्रमा कायम रहेको शान्ति सुव्यवस्थालाई अझ प्रभावकारी बनाउनुपर्ने, सीमा सुरक्षा सम्बन्धी बैठक नियमित रुपमा हुनुपर्ने, औद्योगिक सुरक्षा बलको पुनस्र्थापना हुनुपर्ने, वीरगञ्जमा बस्ने बाहिरी व्यक्तिहरुको विवरण संकलन गरी डाटाबेस तयार गर्नुपर्ने, वीरगञ्जमा सञ्चालित सिसिटिभी परियोजनाको लागि बजेट विनियोजन गर्नुपर्ने, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच कार्य सम्पादनमा समन्वय हुनुपर्ने लगायतका विषयहरुमा महानिरक्षिकद्वयको ध्यानाकर्षण गराएका थिए ।


प्रहरी महानिरीक्षकद्वयले वीउवासङ्घद्वारा उठाइएका विषयवस्तुहरुलाई आपूmहरुले गम्भीरतापूर्वक लिएको बताए । वीरगञ्ज आर्थिक र व्यापारिक नगरी भएकोले यसको गम्भीर्यतालाई मध्यनजर गर्दै सोही अनुरुपको सुरक्षा व्यवस्था मिलाउन दुवै प्रहरी सङ्गठन प्रतिबद्ध रहेको बताउँदै व्यवहारिक कठिनाईहरुलाई निरुपण गर्न आ–आफ्ना मातहतका अधिकृतहरुलाई निर्देशन दिई सकेको बताए ।


कार्यक्रममा वीउवासङ्घका पूर्व अध्यक्ष प्रदीप केडिया, निवर्तमान अध्यक्ष गोपाल केडिया, कार्यसमिति सदस्इ. हरि पन्तले सिसिटिभी परियोजनाको विस्तार र पर्यटन प्रहरीका लागि आवश्यक सवारी साधन उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए ।


कार्यक्रममा प्रहरी नायब महानिरीक्षक मसाऊद आलम खाँ, सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगर, प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्की, पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत, बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, ट्राफिक प्रहरी उपरीक्षक नान्ति राज गुरुङ्ग, प्रहरी अधिकृतहरु, संघका महासचिव मनोजकुमार दास, सचिव आशीष लाठ, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल लगायत उद्योगी, व्यवसायीहरुको वृहत उपस्थिति रहेको सो कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्दै सङ्घका उपाध्यक्ष हरि गौतमले औद्योगिक सुरक्षा बलको पुनस्र्थापना अपरिहार्य रहेको विषय माथि पुनः जोड दिएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

चन्द्रपुरमा बसमा आगलागी, यात्रु सबै सुरक्षित

चन्द्रपुर। आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–४ लच्का नजिकै काठमाडौँबाट चन्द्रनिगाहपुर आउँदै गरेको प्र.२–०३–००१ ख ५५५५ नम्बरको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.