logo

गुणस्तरीय शिक्षाकालागि बिद्यालय बर्गिकरण तथा शुल्क निर्धारण गरिएको महानगरको दावी , षडयन्त्र भएको सघर्ष समितिको भनाई

 इसीमाना सम्वाददाता     २०७९ मंसिर २३ गते ०७: ३५ मा प्रकाशित     632   पटक पढिएको

वीरगञ्ज महानगरपालिकाले संस्थागत विद्यालयहरुको स्तर वर्गिकरण तथा शुल्क निर्धारणका बिषयमा उठेका बिभिन्न प्रश्नहरुको जवाफ दिएको छ ।

महानगरले आफनै कार्यालयमा एक पत्रकार सम्मेलनको अयोजना गरेर बिद्यालयको बर्गिकरण र शुल्क निर्धारणको काम शिक्षा ऐन , नियमावलीर स्थानीय सरकार संचालन ऐनको परिधिमा रहेर गरिको जानकारी दिएको छ ।

शिक्षालाई सुलभ र गुणस्तरीय बनाउनकालागि बिद्यालयको बर्गिकरण र शुल्क निर्धारण गरिएको महानगरप्रमुख राजेशमान सिंहले बताए । शिक्षा क्षेत्रलाई सुधार गर्ने र आम अभिभावकको चिन्ता र चासोलाई सम्बोधन गर्नकालागि बिद्यालयको बर्गिकरण शुल्क निर्धारण गरिएको उले बताए ।

बिद्यालयले आफूले गरेको स्वमूल्यकनलाई महानगरको तर्फबाट बिज्ञ सम्मिलीत टोलीद्वारा पूनः मूल्याकन गरि बिद्यालय बर्गिकरण गरिएको उनले बताए । प्रमुख सिंहले शिक्षा नियमावलीले अनुसुची २१ २१ गरेको ब्यवस्था अनुसार बिदालयको शुल्क निर्धारण गरेको समेत जानकारी दिए ।

 

महानगरका शिक्षा शाखा प्रमुख अरविन्द लाल कर्णले महानगरमा रहेका ११९ वटा सामुदायिक विद्यालयहरु मध्ये अहिले ५८ वटा विद्यालयको वर्गिकरण गरिएको र वर्गिकरणका लागि नआएका सबै विद्यालयलाई तल्लो “घ” वर्गमा राखिएको जानकारी दिए ।

 

पत्रकार सम्मेलनमा महानगर प्रमुख सिंहले आफूहरुले कुनै विद्यालयको शुल्क बढाउने र कुनैको घटाउने कार्य नगरेको भन्दै शिक्षा नियमावलीले निर्धारण गरेको सुत्रको आधारमा शुल्क निर्धारण भएको बताए ।

 

उनका अनुसार केही विद्यालयमा वर्गिकरण पछि अहिले निर्धारण भएको शुल्क गत वर्षको भन्दा पनि न्यून आएको र कुनैको भने केही बढ्न गएको देखिएको छ । शुल्क निर्धाणरमा “क” वर्गमा परेका बिद्यालयको शुल्क केही घटेको देखिन्छ भने “ख” श्रेणीमा परेका बिद्यालयको शुल्क केही बढेको देखिन्छ । “ग” श्रेणीका बिद्यालयको पनि केह शुल्क बढेको देखिन्छ ।

 

“ग” श्रेणीमा परेको एउटा बिद्यालयले अहिले सम्म कक्षा १० को शुल्क २ हजार ९ सय ५० रुपैया लिदै आएकोमा महानगरले गरेको शुल्क निर्धारण पछि उसले ३ हजार १ सय रुपैया शुल्क लिन पाउने देखिन्छ ।

महानगरले निर्धारण गरेको शुल्क भन्दा बढी लिए त्यस्तो विद्यालयलाई कारबाही गर्ने पनि महानगरले चेतावनी दिएको छ । महानगरको निर्देशन विपरित शुल्क असुल गर्नेलाई २५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना, स्तर घटुवाका साथै विद्यालय खारेजसम्मको कारबाही हुने व्यवस्था ऐनमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा महानगरका उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल, शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण वडा नम्वर ४ का वडाध्यक्ष जगत साह कानु, ५ का प्रदीप चौरसिया, समितिका सदस्य डा.दीपेन्द्र चौधरी लगायतको उपस्थिति रहेको थियो ।
यसैवीच अभिभावक संघर्ष समितले बिद्यालयको बर्गीकरण र शुल्क निर्धारणको बिषयमा आफनो असहमती रहेको सार्वजनीक गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा दर्ता भएको अभिभावक संघले शुल्क निर्धाणरमा अभिभावकको सहभागिता नगराइएको भन्दै शुल्क निर्धाण प्रति असहमत जनाएको स.घ अध्यक्ष सन्दीप साहले बताए ।

उनले बिद्यालयको बर्गिकरण पनि दोषपूर्ण रहेको बताएका छन । शिक्षा नियमावलीले बनाएको मापदण्डा अनुसार वीरगंजमा ज्ञानदा एकेडेमी बाहेक अन्य स्कूल “क ” वर्गामा नपर्ने उनले दावी गरेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.