logo

पत्रकार सर्राफको अन्तिम बिदाई ,सम्मान स्वरुप महासंघको झण्डा ओढाइयो

 इसीमाना सम्वाददाता     २०७९ मंसिर १५ गते ०६: ३५ मा प्रकाशित     616   पटक पढिएको

नेपाल पत्रकार महासंघ पर्साका सदस्य एंव युवा पत्रकार नरेश सरार्फको आज विहान हृदयघातबाट निधन भएको छ ।

पत्रकार सर्राफ वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवा स्थित आफ्नै निवासमा विहान शारिरिक व्ययाम गरिरहेको अवस्थामा एक्कासी वेहोश भएर ढलेका थिए । उनलाई परिवारजनले उपचारको लागि नारायणी अस्पताल वीरगञ्जमा भर्ना गराएका थिए ।

नारायणी अस्पताल वीरगञ्जका डाक्टर दीपक चौरसीयाले उनको हृदयघातका कारण निधन भएको बताए । अस्पतालमा भर्ना गरेपनि उनको विचबाटोमै निधन भएको डाक्टर चौरसीयाले जानकारी दिए ।

३८ बर्षिया युवा पत्रकार सरार्फ सगरमाथा टेलिभिजनको स्थानीय सम्वाददाताको रुपमा कार्यरत थिए । विगत एकदश देखि वीरगञ्जमा पत्रकारिता गर्दै आएका सरार्फ समाजवादी प्रेस संगठनका सदस्य समेत हुन ।


उनको रानीघाट स्थित शमसानघाटमा बैदिक बिधि अनुसार अन्तिम संस्कार भएको छ । यस अघि नेपाल पत्रकार महासघं मधेश प्रदेश समितिका महासचिव श्याम बन्जारा, नेपाल पत्रकार महासंघ पर्साका सचिव भूषण यादव र नेपाल प्रेस युनियन पर्साका अध्यक्ष राम नारायण कुर्मीले अलग अलग बिज्ञप्ति जारी गर्दै पत्रकार सर्राफको निधन प्रति गहिरो दुःख ब्यक्त गरेका छन ।

 

उनीहरुले पत्रकार सर्राफको निधनले पर्सेली पत्रकारितामा गम्भिर क्षती पुगेको उल्लेख गरेका छन ।
पत्रकार सर्राफको मृत शरीरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान , पर्साका अध्यक्ष अनुप तिवारी लगायतले सम्मान स्वरुप नेपाल पत्रकार महासंघको लोगो अंकित झण्डा ओढाएर सम्मान ब्यक्त गरेका थिए । पत्रकार सर्राफलाई श्रद्धासुमन अर्पित गर्न पर्सा क्षेत्र नं १ का संघीय साँसद एवं जसपाका नेता प्रदीप यादव , प्रदेश सभाका सदस्य एवं लोसपाका नेता जितेन्द्र सोनल पर्सोली पत्रकार लगायत उनका आफन्तजनको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.