logo

पत्रकार सर्राफको अन्तिम बिदाई ,सम्मान स्वरुप महासंघको झण्डा ओढाइयो

 इसीमाना सम्वाददाता     २०७९ मंसिर १५ गते ०६: ३५ मा प्रकाशित     471   पटक पढिएको

नेपाल पत्रकार महासंघ पर्साका सदस्य एंव युवा पत्रकार नरेश सरार्फको आज विहान हृदयघातबाट निधन भएको छ ।

पत्रकार सर्राफ वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवा स्थित आफ्नै निवासमा विहान शारिरिक व्ययाम गरिरहेको अवस्थामा एक्कासी वेहोश भएर ढलेका थिए । उनलाई परिवारजनले उपचारको लागि नारायणी अस्पताल वीरगञ्जमा भर्ना गराएका थिए ।

नारायणी अस्पताल वीरगञ्जका डाक्टर दीपक चौरसीयाले उनको हृदयघातका कारण निधन भएको बताए । अस्पतालमा भर्ना गरेपनि उनको विचबाटोमै निधन भएको डाक्टर चौरसीयाले जानकारी दिए ।

३८ बर्षिया युवा पत्रकार सरार्फ सगरमाथा टेलिभिजनको स्थानीय सम्वाददाताको रुपमा कार्यरत थिए । विगत एकदश देखि वीरगञ्जमा पत्रकारिता गर्दै आएका सरार्फ समाजवादी प्रेस संगठनका सदस्य समेत हुन ।


उनको रानीघाट स्थित शमसानघाटमा बैदिक बिधि अनुसार अन्तिम संस्कार भएको छ । यस अघि नेपाल पत्रकार महासघं मधेश प्रदेश समितिका महासचिव श्याम बन्जारा, नेपाल पत्रकार महासंघ पर्साका सचिव भूषण यादव र नेपाल प्रेस युनियन पर्साका अध्यक्ष राम नारायण कुर्मीले अलग अलग बिज्ञप्ति जारी गर्दै पत्रकार सर्राफको निधन प्रति गहिरो दुःख ब्यक्त गरेका छन ।

 

उनीहरुले पत्रकार सर्राफको निधनले पर्सेली पत्रकारितामा गम्भिर क्षती पुगेको उल्लेख गरेका छन ।
पत्रकार सर्राफको मृत शरीरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान , पर्साका अध्यक्ष अनुप तिवारी लगायतले सम्मान स्वरुप नेपाल पत्रकार महासंघको लोगो अंकित झण्डा ओढाएर सम्मान ब्यक्त गरेका थिए । पत्रकार सर्राफलाई श्रद्धासुमन अर्पित गर्न पर्सा क्षेत्र नं १ का संघीय साँसद एवं जसपाका नेता प्रदीप यादव , प्रदेश सभाका सदस्य एवं लोसपाका नेता जितेन्द्र सोनल पर्सोली पत्रकार लगायत उनका आफन्तजनको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

चन्द्रपुरमा बसमा आगलागी, यात्रु सबै सुरक्षित

चन्द्रपुर। आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–४ लच्का नजिकै काठमाडौँबाट चन्द्रनिगाहपुर आउँदै गरेको प्र.२–०३–००१ ख ५५५५ नम्बरको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.