logo

ठोरी र जगरनाथपुर गाउँपालिकाका बिरामीलाई निशुल्क रुपमा रगत उपलब्ध गराउन रेडक्रस पर्सासंग सम्झौता सम्पन्न

 इसीमाना सम्वाददाता     २०७९ मंसिर १३ गते ०५: ५२ मा प्रकाशित     621   पटक पढिएको

पर्साको जगरनाथपुर र ठोरी गाउँपालिकाबासीले निःशूल्क रुपमा रगत प्राप्त गर्ने भएका छन् । जगरनाथपुर गाउँपालिका ठोरी र नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज पर्साबिच भएको सम्झौताबमोजिम त्याहाँका बासिन्दाका लागि आवश्यक पर्ने रगत निःशूल्क रुपमा प्राप्त गर्ने भएका हुन् ।

रक्तसञ्चार केन्द्र वीरगञ्जसँग भएको सम्झौतामा दुबै गाउँपालिकाका बासिन्दालाई उपचारका लागि आवश्यक पर्ने रगत चिकित्सकको सल्लाहअनुसार प्रदान गर्न भनिएको छ भने त्यसको भुक्तानी गाउँपालिकाले नै गर्ने सम्झौता पत्रमा लेखिएको छ ।

त्याहाँका बासिन्दाले चिकित्सकबाट गरिएको सिफारिसको प्रतिलिपी रक्तसञ्चार केन्द्रमा दिएर रगत प्राप्त गर्न सक्नेछन् । यस्तै गाउँपालिकाका कर्मचारीको हकमा गाउँपालिका अध्यक्ष, स्वास्थ्य प्रमुख एवम् प्रमुख प्रशासकिय अधिकृतले सिफारिस गर्नुपर्ने छ भने सर्वसाधारणको हकमा पहिचान खुल्ने प्रमाणपत्र पेश गर्नुपर्नेछ ।


प्रत्येक महिनाको ५ गतेसम्म रक्तसञ्चार केन्द्रबाट बिरामीलाई उपलब्ध गराइएको रगतको हिसाव गाउँपालिकाको प्रतिनिधिलाई उपलब्ध गराइने पनि सम्झौता पत्रमा भनिएको छ ।

सम्झौतामा कुनै किसिमको फेरबदल गर्नु परेमा एक पक्षले अर्को पक्षलाई पूर्व जानकारी गराउनुपर्ने छ । रगतको ब्याग, क्रसमैच, ग्रुपिङ्ग एवम् परीक्षण वापत प्रति युनिट १ हजार ५० रुपैयाँ शूल्क गाउँपालिकाले नै तिर्ने जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले बताए ।

 


सम्झौता पत्रमा जगरानथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादव र नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बिरेन्द्रराज कँडेलले हस्ताक्षर गरेका छन् । त्यस्तै ठोरी गाउँपालिकाको तर्फबाट अध्यक्ष लाल बहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.