logo

ठोरी र जगरनाथपुर गाउँपालिकाका बिरामीलाई निशुल्क रुपमा रगत उपलब्ध गराउन रेडक्रस पर्सासंग सम्झौता सम्पन्न

 इसीमाना सम्वाददाता     २०७९ मंसिर १३ गते ०५: ५२ मा प्रकाशित     746   पटक पढिएको

पर्साको जगरनाथपुर र ठोरी गाउँपालिकाबासीले निःशूल्क रुपमा रगत प्राप्त गर्ने भएका छन् । जगरनाथपुर गाउँपालिका ठोरी र नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज पर्साबिच भएको सम्झौताबमोजिम त्याहाँका बासिन्दाका लागि आवश्यक पर्ने रगत निःशूल्क रुपमा प्राप्त गर्ने भएका हुन् ।

रक्तसञ्चार केन्द्र वीरगञ्जसँग भएको सम्झौतामा दुबै गाउँपालिकाका बासिन्दालाई उपचारका लागि आवश्यक पर्ने रगत चिकित्सकको सल्लाहअनुसार प्रदान गर्न भनिएको छ भने त्यसको भुक्तानी गाउँपालिकाले नै गर्ने सम्झौता पत्रमा लेखिएको छ ।

त्याहाँका बासिन्दाले चिकित्सकबाट गरिएको सिफारिसको प्रतिलिपी रक्तसञ्चार केन्द्रमा दिएर रगत प्राप्त गर्न सक्नेछन् । यस्तै गाउँपालिकाका कर्मचारीको हकमा गाउँपालिका अध्यक्ष, स्वास्थ्य प्रमुख एवम् प्रमुख प्रशासकिय अधिकृतले सिफारिस गर्नुपर्ने छ भने सर्वसाधारणको हकमा पहिचान खुल्ने प्रमाणपत्र पेश गर्नुपर्नेछ ।


प्रत्येक महिनाको ५ गतेसम्म रक्तसञ्चार केन्द्रबाट बिरामीलाई उपलब्ध गराइएको रगतको हिसाव गाउँपालिकाको प्रतिनिधिलाई उपलब्ध गराइने पनि सम्झौता पत्रमा भनिएको छ ।

सम्झौतामा कुनै किसिमको फेरबदल गर्नु परेमा एक पक्षले अर्को पक्षलाई पूर्व जानकारी गराउनुपर्ने छ । रगतको ब्याग, क्रसमैच, ग्रुपिङ्ग एवम् परीक्षण वापत प्रति युनिट १ हजार ५० रुपैयाँ शूल्क गाउँपालिकाले नै तिर्ने जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले बताए ।

 


सम्झौता पत्रमा जगरानथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादव र नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बिरेन्द्रराज कँडेलले हस्ताक्षर गरेका छन् । त्यस्तै ठोरी गाउँपालिकाको तर्फबाट अध्यक्ष लाल बहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.