आजदेखि सरकारी कार्यालय बिहान दश देखी वेलुका चार सम्म संचालन हुने
इसीमाना सम्वाददाता
२०७९ कार्तिक १६ गते ०७: ३६ मा प्रकाशित
496 पटक पढिएको
सरकारी कार्यालय खुल्ने समय बुधबारदेखि एक घण्टा छोटिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्र तामाङका अनुसार जाडोयाममा दिन छोटो हुने भएकोले कार्यालय खुल्ने समय पनि छोटिएको हो ।
उनका अनुसार बुधबारदेखि सरकारी कार्यालयहरु बिहान १० बजे खुलेर अपरान्ह ४ बजे बन्द हुने छन् । शुक्रबार भने १० बजे कार्यालय खुलेर ३ बजे बन्द हुने छन् ।
१६ माघदेखि १५ कात्तिकसम्म बिहान १० बजे कार्यालय खुलेर अपराह्न ५ बजेपछि बन्द हुँदै आएको थियो ।१४ चैत २०७४ मा राजपत्रमा सूचना प्रकाशित गरेर सरकारले यस्तो नियम बनाएको थियो ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।
नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको छ । १ सय भन्दा बढी घाइते भएका छन, जसको उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्यो।
तपाईको प्रतिक्रिया