logo

१५ वर्षिय वालिका बलात्कार गरेको आरोपमा २२ वर्षिय मण्डल गिरफतार

 इसीमाना सम्बाददाता     २०७९ कार्तिक १२ गते ०७: ०४ मा प्रकाशित     490   पटक पढिएको

१५ वर्षिया वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं २ निवासी २२ वर्षिय आकाश मण्डललाई प्रहरीले ०७९ कार्तिक ८ गते गिरफ्तार गरेको छ ।


वीरगंज महानगरपालिका वडा नं ३२ चोर्नी निवासी ति वालिका स्पर्श मल्टिस्पेशालिटी हस्पिटलमा उपचारकालागि भर्ना गराइएका आफना अभिभावकको कुरुवाको रुपमा बस्ने गर्थिन ।

 

त्यही हस्पिटलमा कार्यरत कर्मचारी आकाश मण्डलले उनलाई ०७९ असोज २३ गते राती बलात्कार गरेको उनका अभिभावकले बताए । ०७९ कार्तिक ८ मा जिल्ला प्रहरी कार्यालय पर्सामा दिइएको उजुरीमा पनि यही कुरा उल्लेख छ ।

 

उनका अभिभाकवले जिल्ला प्रहरी कार्यालय पार्समा जाहेरी दिएका हुन । पीडित वािलकाको स्वास्थ्य परिक्षण सोही दिन वीरगंजको नारायणी अस्पतालमा भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी सदीप गिरीले जानकारी दिए ।

 

आरोपीतलाई पर्सा जिल्ला अदालतको निर्देशनमा न्यायीक हिरासतमा राखेर थप अनुसन्धान भइरहेको गिरीले जनाए ।

अस्पतालका सञ्चालक डा. महेश्वर कुर्मीले प्रहरीमा उजुरी दिएपछि मण्डललाई आफै ल्याएर प्रहरीको जिम्मा लगाएको बताए । आरोपी युवकलाई कामबाटसमेत निकालीसकेको उनको भनाइ छ । 

अस्पतालकै कर्मचारी अपराधीक कार्यमा संलग्न भएपछि अस्पताल पनि असुरक्षीत भएको छ । अस्पताल प्रशासनले अस्पतामा भर्ना भएका बिरामी र तिनका कुरुवाको सुरक्षामा कुनै सम्बेदनशिलता नदेखाएकोले यस्तो घटना भएको सुरक्षा अधिकारीको भनाई छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

चन्द्रपुरमा बसमा आगलागी, यात्रु सबै सुरक्षित

चन्द्रपुर। आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–४ लच्का नजिकै काठमाडौँबाट चन्द्रनिगाहपुर आउँदै गरेको प्र.२–०३–००१ ख ५५५५ नम्बरको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.