logo

महासंघको तालिम केन्द्रका लागि चुकेद्वारा जग्गा प्रदान गर्ने

 इसीमाना सम्वाददाता     २०७९ कार्तिक ४ गते ०८: ४१ मा प्रकाशित     482   पटक पढिएको

नेपाल पत्रकार महासंघ चितवन शाखाको बहुउद्देश्यीय तालिम केन्द्र निर्माण गर्न नारायणगढ निवासी समाजसेवी बालगोपाल चुकेले जग्गा प्रदान गर्ने हुनुभएको छ ।

चुकेले आफ्नो बुबा अनन्तलाल चुके र आफ्नी आमा गंगादेवी चुकेको नाममा महासंघलाई नारायणगढ बजार नजिकैको १० धुर जग्गा निःशुल्करुपमा उपलब्ध गराउन आज (शुक्रबार) सम्झौता सम्पन्न भएको छ । सो जग्गाको बजार मूल्य रु एक करोड हाराहारी पर्ने बताइएको छ ।


जग्गा दाता चुके र नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । महासंघको पदाधिकारीहरुको उपस्थितिमा भएको सम्झौतामा तीन महिनाभित्रमा जग्गा हस्तान्तरण गर्ने उल्लेख गरिएको छ । भरतपुर महानगरपालिका–३, बेलचोक नजिकै कृष्णमार्गमा रहेको चुके परिवारको जग्गा रहेको क्षेत्रमध्येबाट बालगोपालको नाममा रहेको जग्गा उहाँले महासंघलाई उपलब्ध गराउन लाग्नुभएको हो ।


यसअघिदेखि नै उहाँले आफ्ना बुबा अनन्तलाल चुके र आमा गंगादेवी चुकेको नाममा पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको छ ।

जग्गा प्राप्त भएसँगै सो पुरस्कारलाई महासंघले निरन्तरता दिने सम्झौतामा उल्लेख गरिएको छ । सो जग्गासँगैको करिब दुई कठ्ठा सार्वजनिक जग्गा भरतपुर महानगरपालिकाले यसअघिनै संरक्षणका लागि महासंघलाई दिने निर्णय गरिसकेको छ ।
शाखा अध्यक्ष अधिकारीकाअनुसार चुकेले प्रदान गर्ने जग्गामा भवन र सार्वजनिक जग्गामा पार्किङ, उद्यान निर्माण गरिनेछ ।

जग्गा प्राप्त भएसँगै विस्तृत अध्ययन प्रतिवेदन तयार गरी भवन निर्माणको काम अघि बढाइने उहाँले बताउनुभयो । भवन निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता भरतपुर महानगरपालिकाले जनाएको छ भने बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले रु ३० लाख बजेट विनियोजन गरिसकेको छ ।


जग्गादाता चुकेले पत्रकारहरुको क्षमता अभिवृद्धिसँगै आर्थिकरुपमा सक्षम बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले आफूले बुबाआमाको नाममा जग्गा दिने निर्णय गरेको बताउनुभयो । उहाँ चितवनका सामाजिक व्यक्तिको रुपमा परिचित हुनुहुन्छ ।
महासंघले यसअघि बाइपास सडकमा महानगरपालिका मार्फत जग्गा लिन गरेको प्रयास सो जग्गा वनको भएसँगै रोकिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

चन्द्रपुरमा बसमा आगलागी, यात्रु सबै सुरक्षित

चन्द्रपुर। आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–४ लच्का नजिकै काठमाडौँबाट चन्द्रनिगाहपुर आउँदै गरेको प्र.२–०३–००१ ख ५५५५ नम्बरको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.