logo

पर्साका ६१ मतदान स्थल अति सम्बेदनशीलको सूचीमा, दश मतदान केन्द्र थपिए

 इसीमाना सम्वाददाता     २०७९ कार्तिक ४ गते ०८: १४ मा प्रकाशित     566   पटक पढिएको

जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका ६१ ओटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखेको छ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समितिले १ सय ६२ मतदानस्थल मध्ये ६१ओटालाई अति संवेदनशील सूचीमा राखेको हो ।

विगतमा भएका निर्वाचन र स्थानीय तहको पछिल्लो निर्वाचनलाई समीक्षा गर्दै पर्साका १ सय ६२ ओटा मतदानस्थलमध्ये समितिले ६१ ओटा मतदानस्थललाई अति संवेदनशील, ८२ ओटा मतदानस्थललाई संवेदनशील र १९ ओटा मतदानस्थललाई सामान्य सूचीमा राखेको हो ।

स्थानीय तहको निर्वाचनमा जिल्लामा भएका राजनीतिक गतिविधि, भौगोलिक स्थिति, सञ्चार र सडकको सुलभताको अवस्थालाई आधार बनाएर वर्गिकरण गरिएको सशस्त्र प्रहरी १३ नं गणका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोख्रेलले बताए ।

पोख्रेलले निर्वाचनमा जिल्लाको शान्ति सुरक्षामा कुनै कमी हुन नदिने बताए । निर्वाचनका लागि जिल्लामा १ सय ६२ मतदानस्थलमा १ सय ४८ केन्द्र तोकिएका छन् । यस भन्दा अगाडिका निर्वाचनमा ४ सय २ मतदान केन्द्र मात्र रहेकोमा यस पटक १० वटा मदतान केन्द्र थप गरिएको पोख्रेलले जानकार दिए । निर्वाचन आयोग सहित सुरक्षा निकाय र राजनीतिक दलहरुको समेत सुझावका अधारमा मतदान केन्द्र थप भएको उनले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

वीरगंज महानगरको वडा नं १४ नयाँबस्तीमा टोल सुधार समितिको भेला सम्पन्न अध्यक्षमा झा सर्वसम्मत

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं १४ को नयाँबस्ती पिप्रामा रहेको टोल सुधार समितिको आइतवार सम्पन्न सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।

बयलगाडाले किचेर घाइते बरहथवाका ८ वर्षिय बालकको मृत्यु

सर्लाही ।  सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका क्रममा मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.