logo

पत्रकार महिलाको सुरक्षाको बिषयमा गोष्ठी, आत्मबल कमजोर नबनाउन सुझाव

 इसीमाना सम्वाददाता     २०७९ कार्तिक २ गते ०६: १७ मा प्रकाशित     590   पटक पढिएको

नेपाल पत्रकार महासंघका सचिव दीपेन्द्र चौहानले पत्रकार महिलाले आफूनो आत्मबललाई कमजोर बनाउन नहुने बताएका छन ।

संचारीका समुहले वीरगंजमा आयोजना गरेको पत्रकार महिलाको सुरक्षा सम्बन्धी कार्याशाला गोष्ठीको बुधवार उद्धघाटन गर्दै चौहानले यस्तो बताएका हुन ।

चौहानले काम गर्ने दौरानमा अनेकौ समस्या आउछन त्यसलाई ख्याल गर्दै कुनै पनि मानेमा कमजोर छु भन्ने नदेखाउन आग्रह गरे ।


उनले पत्रकार महिलाको सुरक्षाको बिषयमा चर्चा गर्दा आफनो आत्मवललाई बलियो बनाउनु पर्छ भन्ने सुझाव दिए । सुरक्षाको बिषयमा चुनौती नभएको त होइन तर असुरक्षीत महशुस हुने बित्तिकै सुरक्षाका उपायहरुको परिचालनमा ध्यान दिन आवश्यक भएको उनले बताए ।

सहनशीलता देखाउदा थप प्रताडित हुने अवस्था आउने भएकोले त्यस बिषयमा सचेतता पूर्वक निर्णय लिनु पर्ने बताए ।


नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले पत्रकारिताको ब्यवसायिक बिकासको अभावमा पत्रकार महिला मात्र होइन सबै पत्रकार पेशागत रुपमा असुरक्षीत रहेको बताए ।

उनले पत्रकार महिलाको सुरक्षाको बिषय महत्वपूर्ण बिषय भएको चर्चा गर्दै भौतीक सुरक्षा र पेशागत सुरक्षाका बिषयमा सरोकारवालाले समन्वयात्मक रुपमा काम गर्न जरुरी रहेको बताए ।


कार्यक्रममा नेपाल पत्रकार महासंघका मधेश प्रदेशका महासचिव , संचारीका समुहका उपाध्यक्ष पवित्रा सुनार संचारमा लैङ्गिक बिषयका अभ्यासकर्ता बिज्ञ डा.समिक्षा कोइराला संचारीका समुह मधेश प्रदेशका सचिव कविता खड्काले मन्तब्य ब्यक्त गरेका थिए ।


संचारीका समुहका अध्यक्ष मिला तुम्खेवाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन मधेश प्रदेशका अध्यक्ष सुनीता बरालले गरेकी थिइन ।


दुई दिन सम्म चल्ने गोष्ठीमा नेपाल पत्रकार महासंघका मधेश प्रदेशका सदस्य अजय कुमार शाह र डा.समिक्षा कोइरालाले प्रशिक्षण दिएका छन । 

गोष्ठीमा मधेश प्रदेशका महिला पत्रकारहरुको सुरक्षाको बिषयमा छलफल हुने छ । काम गर्दा खेप्नु परेका समस्याका बारेमा शेयरिङ हुने छ । पत्रकार महिलाको कार्यस्थलमा हुने असुरक्षाको अन्त्यकालागि उपायको खोजी गरिने र त्यसमा समेटिएका उपायका बिषयमा सरोकारवाला संग छलफल गरे एउटा निष्कर्षमा पुग्ने मुख्य प्रशिक्षक डा. कोइरालाको भनाई छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

वीरगंज महानगरको वडा नं १४ नयाँबस्तीमा टोल सुधार समितिको भेला सम्पन्न अध्यक्षमा झा सर्वसम्मत

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं १४ को नयाँबस्ती पिप्रामा रहेको टोल सुधार समितिको आइतवार सम्पन्न सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।

बयलगाडाले किचेर घाइते बरहथवाका ८ वर्षिय बालकको मृत्यु

सर्लाही ।  सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका क्रममा मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.