logo

पत्रकार महिलाको सुरक्षाको बिषयमा गोष्ठी, आत्मबल कमजोर नबनाउन सुझाव

 इसीमाना सम्वाददाता     २०७९ कार्तिक २ गते ०६: १७ मा प्रकाशित     440   पटक पढिएको

नेपाल पत्रकार महासंघका सचिव दीपेन्द्र चौहानले पत्रकार महिलाले आफूनो आत्मबललाई कमजोर बनाउन नहुने बताएका छन ।

संचारीका समुहले वीरगंजमा आयोजना गरेको पत्रकार महिलाको सुरक्षा सम्बन्धी कार्याशाला गोष्ठीको बुधवार उद्धघाटन गर्दै चौहानले यस्तो बताएका हुन ।

चौहानले काम गर्ने दौरानमा अनेकौ समस्या आउछन त्यसलाई ख्याल गर्दै कुनै पनि मानेमा कमजोर छु भन्ने नदेखाउन आग्रह गरे ।


उनले पत्रकार महिलाको सुरक्षाको बिषयमा चर्चा गर्दा आफनो आत्मवललाई बलियो बनाउनु पर्छ भन्ने सुझाव दिए । सुरक्षाको बिषयमा चुनौती नभएको त होइन तर असुरक्षीत महशुस हुने बित्तिकै सुरक्षाका उपायहरुको परिचालनमा ध्यान दिन आवश्यक भएको उनले बताए ।

सहनशीलता देखाउदा थप प्रताडित हुने अवस्था आउने भएकोले त्यस बिषयमा सचेतता पूर्वक निर्णय लिनु पर्ने बताए ।


नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले पत्रकारिताको ब्यवसायिक बिकासको अभावमा पत्रकार महिला मात्र होइन सबै पत्रकार पेशागत रुपमा असुरक्षीत रहेको बताए ।

उनले पत्रकार महिलाको सुरक्षाको बिषय महत्वपूर्ण बिषय भएको चर्चा गर्दै भौतीक सुरक्षा र पेशागत सुरक्षाका बिषयमा सरोकारवालाले समन्वयात्मक रुपमा काम गर्न जरुरी रहेको बताए ।


कार्यक्रममा नेपाल पत्रकार महासंघका मधेश प्रदेशका महासचिव , संचारीका समुहका उपाध्यक्ष पवित्रा सुनार संचारमा लैङ्गिक बिषयका अभ्यासकर्ता बिज्ञ डा.समिक्षा कोइराला संचारीका समुह मधेश प्रदेशका सचिव कविता खड्काले मन्तब्य ब्यक्त गरेका थिए ।


संचारीका समुहका अध्यक्ष मिला तुम्खेवाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन मधेश प्रदेशका अध्यक्ष सुनीता बरालले गरेकी थिइन ।


दुई दिन सम्म चल्ने गोष्ठीमा नेपाल पत्रकार महासंघका मधेश प्रदेशका सदस्य अजय कुमार शाह र डा.समिक्षा कोइरालाले प्रशिक्षण दिएका छन । 

गोष्ठीमा मधेश प्रदेशका महिला पत्रकारहरुको सुरक्षाको बिषयमा छलफल हुने छ । काम गर्दा खेप्नु परेका समस्याका बारेमा शेयरिङ हुने छ । पत्रकार महिलाको कार्यस्थलमा हुने असुरक्षाको अन्त्यकालागि उपायको खोजी गरिने र त्यसमा समेटिएका उपायका बिषयमा सरोकारवाला संग छलफल गरे एउटा निष्कर्षमा पुग्ने मुख्य प्रशिक्षक डा. कोइरालाको भनाई छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.