logo

नेपाल निर्माण व्यवासायी संघ पर्साको अध्यक्षमा पटेल निर्वाचित

 इसीमाना सम्बाददाता      २०७९ असोज ३० गते ०४: ३३ मा प्रकाशित     415   पटक पढिएको

नेपाल निर्माण व्यवासायी संघ पर्साको अध्यक्षमा सुरेश पटेल निर्वाचित भएका छन । शनिबार संघको भवनमा सम्पन्न निर्वाचनमा पटेल २८५ मत ल्याएर विजयी भएका हुन । अध्यक्षका अर्का उम्मेदवार दिवाकर प्रसादको ५८ मत मात्रै आएको छ ।

त्यस्तै प्रथम उपाध्यक्षमा ज्ञानेन्द मिश्र २८५ मत ल्याएर विजयी भएका छन । उनका प्रतिद्वन्दी हिरालाल प्रसाद कुर्मीले १०३ मत प्राप्त गरे। त्यस्तै द्वितीय उपाध्यक्षमा अच्छेलाल प्रसाद चौरसिया २२९ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी लालबाबु प्रसाद कुर्मीले जम्मा १०० मत प्राप्त गरे।

सचिवमा १५८ मत ल्याएर सन्नी यादव निर्वाचित भए । अर्का सचिवका उम्मेदवार मूकेश कुमार कुर्मीले १२३ मत प्राप्त गरे । सहसचिवमा संजय कुमार कुर्मी १४२ मत ,कोषाध्यक्षमा राजेश्वर प्रसाद रौनियार २०१ मत र सहकोषाध्यक्षमा सद्दाम हुसैन २०१ मत प्राप्त गरि बिजयी भएका छन। ।

संघको कार्यसमिति सदस्यहरुमा अमोद कुमार पटेल, पुरुषोत्तम प्रसाद पटेल, विकास कुमार साह, विरेन्द्र प्रसाद कुर्मी, मनोज कुमार साह, ब्रजेश कुमार यादव, पारस ठाकुर ९हजाम०, दिपेन्द्र प्रसाद साह सोनार र सतिश कुमार चौरसिया निर्वाचित भएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.