logo

ट्रफिक ब्यवस्थापनको जिम्मेवारी लिएका दाहालको ध्यान असुली तिर ,पर्सामा दुर्घटना बढ्दो

 इसीमाना सम्वाददाता     २०७९ असोज २८ गते ०९: ४० मा प्रकाशित     467   पटक पढिएको

पर्सा ट्राफिक प्रहरी कार्यालय ट्राफिक व्यवस्थापनमा भन्दा पनि अवैध असुलीमा संलग्न भएकोले एक पछि अर्को गर्दै दुर्घटना हुने र त्यसबाट अकालमा ज्यान गुमाउनेहरुको संख्या बढदै गएको छ ।

शुक्रवार विहान १० बजे एक पैदल यात्रु पोखरिया नगरपालिका १ बनकटवा बस्ने विगा रामलाई ना .३ख ५७४३ नं. को ट्रकले ठक्कर दिंदा बहुअरी चौकमा घटनास्थलमा मृत्यु भएको छ।

त्यसैगरि दिउँसो २.२५बजे पल्सर मोटरसाइकल सवार वीरगंज महानगरपालिका वडा नं.२३ सबैठवा बस्ने ३० वर्षीय युवा सन्तोष कुशवाहालाई ड्राईपोर्टमा पछाड़ीबाट ना.५ख २२६१ नं.को ट्रकले ठक्कर दिंदा मृत्यु भएको छ ।

गएको हप्ता पर्सागढीको बडेर्वाका एक जना चौधरी थरका ब्यक्तिको मोटर साइकल दुर्घटनामा ज्यान गयो । त्यस्तै असोज ७ गते बीरगंज महानगरपालिकाको वडा नं २१ को ताजपुरमा पनि सवारी दुर्घटनामा एक जनाको ज्यान गयो ।

जनताको जिउधनको रक्षाको जिम्मेवारीमा खटिने ट्राफिक प्रहरी असुली धन्दामा व्यस्त भएपछि पर्सा जिल्लाको विभिन्न सड़क खण्डमा यात्रा गर्ने यात्रुहरू दुर्घटनाको जोखिममा परेका हुन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ध्रुब दाहाल आएपछि ट्राफिक नियम बारे जनचेतना जगाउने सुरक्षती रुपमा सवारी चलाउने बिषयमा चेतनामुलक काम गर्ने र्दुघटना न्यूनीकरणका अभियान चलाउने भन्दा पनि रकम असुल्ने काममा ध्यान जाने गरेकोले दुर्घटना बढेको दुर्घटना संख्याले बताउछ । दाहाल र उनको मातहतका ट्राफिक प्रहरीहरूले जनताको जिउधनको परवाह नगरी पैसालाई प्राथमिकता दिएको पाइएकोले शुक्रवार केहि घण्टाको अन्तरालमा दुई जना नागरिकले अकालमै ज्यान गुमाउनु परेको छ।


वीरगंज महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीले मिति २०७९(०२(३० गते जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सालाई एक पत्रलेखि ड्राईपोर्ट क्षेत्रमा ट्राफिक व्यवस्थापन नभएमा सर्वसाधारणको जिउधनमाथि खतरा हुने आशय सहितको पत्र लेखि पठाएका थिए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुब दाहालले ओभर लोडेड ट्रक लगायत मालवाहक सवारीसाधनसँग गरेको असूलीको केहि हिस्सा प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङ, मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक मसाउद आलम खानसम्मलाई समेत भाग छुट्याएर असुली गर्ने गरेको स्रोतले बताएको छ ।

ट्राफिक प्रहरी असुली धन्दामा व्यस्त भएपछि पर्सा जिल्लाको बाटोमा हिंड्ने बटुवा र यात्रुहरू असुरक्षित छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

चन्द्रपुरमा बसमा आगलागी, यात्रु सबै सुरक्षित

चन्द्रपुर। आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–४ लच्का नजिकै काठमाडौँबाट चन्द्रनिगाहपुर आउँदै गरेको प्र.२–०३–००१ ख ५५५५ नम्बरको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.